हातमा सेनिटाईजर अनि बारम्बार साबुन पानिले हात धुनुपर्ने,
के आयो यस्तो रोग एक सधैँ माक्स लगाई हिड्नुपर्ने ।
ओहो ! कस्तो रोग यो संक्रमण सुन्दैँ डराउनुपर्ने ।
आफन्त नै बिरामी पर्दा नछोईकनै बस्नुपर्ने ।
घर अनि परिवारमा समेत भौतिक दुरि कायम गर्नुपर्ने,
बेला–बेला सेनिटाईजर अनि साबुन पानिले हात धुनुपर्ने।
ओहो ! कस्तो रोग यो संक्रमण सुन्दैँ डराउनुपर्ने ।
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरे बाँचिन्छ रोगबाट
सचेत बनौँ सजक बनौँ बाँचिन्छ कोरोना कहरबाट
