ENGLISH

नेपालसहित १० एशियाली मुलुकलाई फिलिपिन्सले लगाएको यात्रा प्रतिबन्ध हट्यो

फिलिपिन्सले नेपाल, भारत, पाकिस्तानलगायतका १० एशियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ।
अत्यधिक संक्रामक डेल्टा भेरिएन्टका कारण कोभिड–१९ संक्रमण दरमा अझै उल्लेख्य नियन्त्रण नभएपनि खोपका कारण संक्रमण भयाबह नभएको निश्कर्षसाथ सेप्टेम्बर ६ देखि फिलिपिन्सले १० एशियाली मुलुकलाई यात्रा खुला गर्ने निर्णय गरेको हो।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामा अहिले कोभिड–१९ को यात्रा प्रतिबन्ध हटाउने अन्तर निकाय कोभिड–१९ कार्यदलको सिफारिस स्वीकृत गरेका छन्।
एशियाली यी सबै देशहरूबाट फिलिपिन्स आउने यात्रुहरूका लागि यात्रा प्रतिबन्ध हटाएको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकले जानकारी दिए। रोकले भने, ‘भारत, नेपाल, पाकिस्तानलगायत १० एशियाली देशहरूबाट आउने अन्तर्राष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ।’
फिलिपिनी नागरिकका कूटनीतिज्ञ तथा विदेशी जीवनसाथी जस्ता विशेष भिषा वाहकबाहेकका प्रतिबन्धित अन्य विदेशी मुलुकका पर्यटकहरूलाई अझै पनि देशभित्र प्रवेश गर्न रोक लगाइएको छ। डेल्टा भेरिएन्टको स्थानीय सङ्क्रमण फिलिपिन्सका समुदायहरूमा फैलिएको छ।

फिलिपिन्सका एक हजार ७८९ व्यक्तिमा कोभिड–१९ को डेल्टा भेरिएन्ट सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये ३३ जनाको मृत्यु भएको छ।

विश्व स्वास्थ्य संगठनले अझैपनि डेल्टा भेरिएन्टको समुदायमा रहेको सङ्क्रमणलाई पुष्टि गर्दै भनेको छ, ‘यो अहिले फिलिपिन्समा फैलिरहेको प्रमुख कोभिड–१९ को समस्या हो।’

फिलिपिन्सले भारतलगायतका १० एशियाली मुलुकमाथि अप्रिलदेखि प्रतिबन्ध लगाएको थियो । अहिले फिलिपिन्समा बढ्दो कोभिड–१९ सङ्क्रमणमध्ये डेल्टा भेरिएन्ट प्रमुख चुनौति देखिएको छ । दक्षिणपूर्वी एसियाली यस मुलुकमा शुक्रबारसम्म कुल बीस लाख ४५ हजार ५६८ जनाको मृत्यु भएको पुष्टि भएको छ। एजेन्सी

 
मितजी TV
Video thumbnail
Happy Dashain from CDO of Kanchanpur | प्रमुख जिल्ला अधिकारीको शुभकामना सन्देश ।
01:45
Video thumbnail
दशैं तिहार सुरक्षित ढंगले मनाऔं - मन्त्री लाल बहादुर खड्का
01:43
Video thumbnail
एमसीसी पूर्ण रुपमा खारेज गर्न माग गर्दै धनगढीमा प्रर्दशन | Protest against MCC in Dhangadhi
04:54
Video thumbnail
भारतबाट गड्डाचौकी नाका भई नेपाल फर्कनेको संख्या बढ्दो क्रममा
01:46
Video thumbnail
नेपाल शिक्षक संघ कञ्चनपुर र नेपाल प्रहरी बीच भिमदत्त नगरपालिका परिसर भित्र झडप
05:52
Video thumbnail
नेपाल रेडक्रस सोसाइटि, कन्चनपुरका अध्यक्ष मनोज प्रसाद उप्रेती ज्युको सन्देश | RedCross Kanchanpur
02:52
Video thumbnail
कञ्चनपुर अन्तरिक राजस्व कार्यालय प्रमुख पुस्कर न्यौपाने ज्युको सन्देश | IRD Kanchapur
01:50
Video thumbnail
कन्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेय ज्युको सन्देश | CDO of Kanchanpur
01:39
Video thumbnail
महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्ण दत्त जोशी (Boxer) को सन्देश | #MitjeeMedia #COVID19
02:24
Video thumbnail
बन्यजन्तु मैत्री विकास निर्माण गर्न अत्यन्त जरुरी। तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती
05:47

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्