भीमदत्त नगरपालिकाद्धारा अनलाईन करदाता पोर्टल सञ्चालन, घरबाटै कर भुक्तानि गर्न सकिने

भीमदत्त २२ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले अनलाईन करदाता पोर्टल तयार गरेको छ । नगरपालिकाले कार्यालयको सेवालाई थप व्यवस्थीत र प्रविधिमैत्री बनाउनका लागि करदाता पोर्टल सञ्चालनका ल्याएको हो ।
नगरपालिकाका सुचना प्रविधि अधिकृत सुरेश प्रशाद भट्टले अनलाईनबाट सेवाग्राहीले कर भुक्तानी गर्न सक्ने गरि पोर्टल सञ्चालन गरिएको बताउनु भयो ।

उहाँका अनुसार नगरपालिकाको भीमदत्त करदाता पोर्टलमार्फत नगरवासीले घरमै बसेर कर तिर्न सक्नेछन् । साथै करदाताले व्यक्तिगत विवरण, सम्पत्ति विवरण, कर तिर्नुपर्ने विवरण तथा कर तिरेको विवरण लगायतको विवरण कर अनलाईन पोर्टलमा हेर्न सक्नेछन् । अनलाईन कर भुक्तानी प्रणलीबारे नगरवासीलाई जानकारी दिने नगरपालिकाको योजना समेत रहेको छ ।
भीमदत्त नगरपालिका कार्यालयको कर संकलन प्रणाली सफ्टवेयरमा करदाताको रुपमा दर्ता भई सो सफ्टवेयरले जेनेरेट गरेको आफ्नो आधिकारीक ८ अंकको करदाता संकेत नंम्बर प्राप्त गरिसकेपछि मात्र कर पोर्टलमा इन्टरनेटको पहुँचबाट आफ्नो आधिकारिक युजर र पासवर्ड राखि प्रयोगकर्ता दर्ता गरि आफ्नो विवरण हेर्नु साथै कर भुक्तानी गर्न सक्ने नगरपालिकाले जनाएको छ ।

अनलाईन करदाता पोर्टल सञ्चालनमा आएसँगै नगरवासीले राजस्व तिर्न नगरपालिका धाउनु पर्ने बाध्यता हट्नेछ । नगरपालिकाले गत आर्थिक वर्षमा २३ करोड ३१ लाख ७२ हजार ७ सय रुपयाँ आन्तरिक आय (राजस्व) संकलन गरेको छ । स्थानीय तहको सरकारले नेतृत्व गरेसँग नगरपालिकाको आन्तरिक आयमा वृद्धी हुदैँ गएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्