कञ्चनपुरमा एक मेयरसहित ५१ जनप्रतिनिधिले रोजे समाजवादी, तीन जनाद्धारा सनाखत फिर्ता

महेन्द्रनगगर । नेकपा एमालेले विभाजनपछि कञ्चनपुरका स्थानीय तहका ५१ जना जनप्रतिनिधिले नेकपा एकिकृत समाजवादीमा सनाखत गरेको छन । मंगलबार सनाखतको अन्तिम दिनसम्ममा ५१ जनप्रतिनिधिले समाजवादी रोजेका हुन् ।

निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार एक जना नगर प्रमुखसहित ११ वडाध्यक्ष र ३९ जना सदस्यले समाजवादी पार्टीमा सनाखत गरेका छन् । अध्यक्ष माधव कुमार नेपालको समाजवादीमा पुनर्वास नगरपालिकाका मेयर जिवन थापाले मात्रै सनाखत गरेका छन् ।
९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा एमालेले ५ वटा स्थानीय तहमा प्रमुख र ७ वटा स्थानीय तहमा उपप्रमुख जितेको थियो । तीमध्ये अधिकांश प्रमुख र उपप्रमुख नेकपा एमालेको फुटको विपक्षमा उभिएका छन् ।


तीन जनाद्धारा सनाखत फिर्ताका लागि निवेदन


नेकपा समाजवादी पार्टीमा सनाखद गरेका तीन जनप्रतिनिधिले सनाखद फिर्ता लिएका छन् ।
कृष्णपुर नगरपालिका–३ का वडाध्यक्ष सुरेन्द्र चौधरी, नौ का वडाध्यक्ष छत्र बहादुर महरा र वडा सदस्य हजर सिंह कुवँरले सनाखत फिर्ता लिन आयोगमा निवेदन दिएको छन् ।

मंगलबार जिल्ला निर्वाचन कञ्चनपुरमा पुगेर उनिहरुले सनाखत फिर्ता लिदैँ मुल पार्टीमै फर्केका छन् । आयोगले उनिहरुको सनाखत फिर्तालाई मान्यता दिएमा जिल्लामा समाजवादी रोज्ने स्थानीय तहका जनप्रतिनिधिको संख्या ४८ पुग्नेछ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्