कोरोनाले मजदुरी खोसिएकालाई खाद्यान्न राहतपछि दैनिकी चलाउन सहज

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ की पवित्रा बस्तीकी शान्ती जोशीको परिवारको दैनिकी ज्यालामजदुरीकै चल्छ । २८ वर्षीया शान्तीले नौ वर्षअघि श्रीमान गुमाएपछि परिवारको जिम्मेवारी उनकै काँधमा छ । एक छोरो र सासुसहितको परिवार दैनिक ज्यालादारी गरेकै चलाउछिन् शान्ती ।

भौचर कार्ड मार्फत राहत बुझ्दै स्थानीय

उनका श्रीमान भाईसँगै लालझाडी जंगलमा मृत्य फेला परेका थिए । सडक दुर्घटनाबाट मृत्यु भएको प्रहरीले पुष्टी गरेको थियो । त्यसपछि परिवारको जिम्मेवारी उनकै काधमा छ । दैनिक ज्यालादारीबाट परिवार चलाई रहेकी शान्तीलाई कोरोना संक्रमणपछि भने दैनिक चलाउन धौँ–धौँ छ । कोनोरा संक्रमणको जोखिमका कारण पुर्णरुपमा लकडाउन नखुल्ला रोजगारीका अवसर पनि बन्द भएका छन् ।

दैनिक ज्यालादारी गरेर परिवार पाल्ने गरेकी थिए, परिवारमा अरु कमाउने मान्छे छैनन् ।’ उनले भनीन् ‘कोरोनाले ज्यालादारी गर्न पनि मिलेको छैन, विस्तारै सहज हुदैँ गएपनि पहिलेको जस्तो सहजै काम मिलिरहेको छैन् ।’ दैनिक गुजरा गर्नै समस्यामा परेकी शान्तीलाई निड्स नेपालले वितरण गरेको खाद्यान्न पाएपछि भने करिब डेढ महिनाका लागी खाद्यन्नको चिन्ताबाट मुक्त भएकी छिन् ।


‘दैनिक ज्यालादारी गरेर परिवार पाल्ने गरेकी थिए, परिवारमा अरु कमाउने मान्छे छैनन् ।’ उनले भनीन् ‘कोरोनाले ‘तीन जनाको परिवारलाई अब डेढ\दुई महिनाका लागि रासन पुग्छ, केही समय भएपनि खाद्यान्न जोखो गर्नुपर्ने चिन्ता हटेको छ, संस्थाको सहयोग दैनिकी चलाउन सहज भएको छ’ उनले भनिन । राहत पाएपछि दैनिकी चलाउन सहज भएको उनको भनाई छ । कृष्णपुर नगरपालिकाकासँगको सहकार्यमा निड्स नेपाल र केयर नेपालको साझेदारीमा सञ्चालित आपतकालिन प्रतिकार्य कोषः कोभिड –१९ दोस्रो लहर प्रतिकार्य परियोजना अन्र्तगत विपन्न तथा संकटासन्न घरधुरीलाई खाद्यान्न वितरण गरिएको हो । सोही परियोजना अन्र्तगत शान्तीले पनि राहत पाएकी हुन् ।

निड्सले कृष्णपुरको वडा नम्बर ५ का ९३ घरधुरीलाई पोषणमा पुहँच पुग्ने गरि खाद्यान्न भौचर कार्ड मार्फत सहयोग गरिएकोे जनाएको छ । निड्सले खाद्य पोषणमा लक्षीत गरि १३ प्रकारका खाद्य सामाग्री वितरण गरेको हो । पवित्र बस्तीकै शंकर चौधरीको परिवार पनि ज्याला मजदुरी गरेरै चल्छ । ‘कमाई खानका लागि जमिन छैन् । दिनभरी काम गरेर आएको ज्यालाले साझको चुलो बल्थ्यो शंकर भने ‘तर कोरोना संक्रमणपछि भने काम पाउनै मुस्कील भएको छ ।’ श्रीमती र छोरीसहित तीन जनाको परिवार उनकै ज्यालादारीको भरमा चल्छ ।

‘काम नपाएको दिन के खाने भन्ने चिन्ता हुन्छ, बचतको पैसाले केही दिन चलेपनि लामो समय काम नपाउँदा समस्या परेको छु ।’ उनले भने ‘संस्थाबाट पाएको खाद्यान्नले ठुलो राहत मिलेको छ, अब एक महिनासम्म रासनको समस्या हुदैँन् ।’ खाद्य सामाग्रीमा पोषणयुत्त विभिन्न सामाग्री पाएकोमा उनले दातालाई धन्यवाद दिदैँ खुसी व्यक्त गरे ।
पवित्र बस्तीकै ईन्दु कुवँरको पनि दैनिकी ज्यालामजदुरीले नै चल्छ ।

‘श्रीमान १४ वर्षदेखि दम रोगबाट पिडीत छन् भित्र बाहीर जान पनि समस्या हुन्छ उहाँलाई । छोरा बुहारीले हेर्दैन् ।’ उनले भनीन् ‘ज्यालामदजुरी गरेर परिवार चलाउँछु, कोरोना आएपछि बन्द भएको छ ।’ कोरोनाका कारण काम नै खोसिएको उनको गुनासो छ । खाद्यान्न सहयोग पाएपछि भने दैनिक गुजरा गर्न सहज भएको उनले बताईन् । पवित्रा बस्तीकी ५५ वर्षीय तारा सार्कीको पनि राहत पाएपछि दैनिक गुजरा गर्न सहज भएको छ । ज्यालामजदुरी गरेर जिविका चलाउने ताराको कोरोना संक्रमणपछि भने काम खोसिएको छ । संक्रमणको जोखिमका कारण पहिलो जस्ता काम नपाईएको उनले बताईन् ।

निड्स नेपालका परियोजना संयोजक केशब मलासीले कोरोना प्रभावित विपन्न तथा संकटासन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरिएको बताए । उनका अनुसार ६० घरधुरीलाई खाद्यान्न सहयोग गर्ने कार्यक्रमको लक्ष्य रहेको भएपनि विपन्नताको अवस्था हेरी थप ३३ परिवारलाई सहयोग गरिको छ । उनिहरुलाई भौचर कार्डमार्फत ५२ सय बराबरको खाद्यान्न उपलब्ध गराईएकको हो । वितरण गरिएको खाद्य सामाग्रीमा चामल,मिक्स दाल, मसुर दाल, चिनि, तोरीको तेल, सोयाबिन तेल, सन फलावर तेल, खाटा, नुन, चाना र नुहाउने साबुन रहेको छ ।


त्यस्तै कृष्णपुर नगरपालिका नगर प्रमुख कर्ण बहादुर हमालले खाद्यान्न सहयोग पुगेपछि विपन्न बस्तीका परिवारलाई ठुलो राहत मिलेको बताए । उनले पवित्रा बस्तीका स्थानीय ज्यालामजदुरी गरि दैनिकी चलाउने गरेको बताउँदै कोरोना संक्रमणका कारण त्यहाँका स्थानीयको जनजिविकामा प्रत्यक्ष असर परेको बताए ।
त्यहाँका स्थानीयको दैनिकी ज्यालादारीमा निर्भर छ नगर प्रमुख हमालले भने ‘निड्सको खाद्यान्न सहयोगले यहाँका स्थानीयलाई ठुलो राहत मिलेको छ, अगामी दिनका पनि यस्तै सहयोगको अपेक्षा गरेको छौँ ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्