मनोसामाजिक परामर्शबारे समुदायलाई सिकाउँदै कृष्णपुरका महिला स्वयम सेविका

महेन्द्रनगर । २०५५ सालबाट महिला स्वयम सेविकाका रुपमा काम गर्न थालेकी हुन् कृष्णपुर–२ की चन्द्रा चौधरी । उनि स्वास्थ्य संस्थाले तोकेको जिम्मेवारी अनुसार काम काम गदैँ आएकी थिईन् । तर हिजो आज भने उनका कार्य तालिका फेरिएको छ । हरेक टोलबासीसँगै आमा समुहका बैठकमा उनले मनोसामाजिक परामर्शबारे पनि जानकारी दिन थालेकी छिन् ।

मनोसामाजिक परामर्शबारे समुदाय नागरिकलाई सिकाउँदै स्वयम सेविका

स्थानीयलाई मनोसामाजिक अवस्था र त्यसलाई नियन्त्रण कसरी गर्ने भन्नेबारेमा चन्द्राले जानकारी गराउँछिन् । निड्स नेपालबाट मनोसामाजिक परामर्शबारे तालिम पाएपछि चन्द्राले समुदायमा पनि आफुले जानेबुझेका कुरा सिकाउन थालेकी हुन् । कृष्णपुर स्वास्थ्य चौकी अन्र्तगत उनी वडाका करिब २७ सय जनालाई आवश्यक परेको बेला स्वास्थ्यबारे जानकारी गराउँछिन् । ‘अहिलेसम्मको सेवा अवधिमा मनोसामाजिक परामर्शका बारेमा कुनै तालिम पाएकी थिएन् ।’ स्वयम सेविका चन्द्राले भनिन् निड्स नेपालबाट तालिम पाएपछि धेरै कुराको जानकारी भयो, अहिले आफुले सिकेका कुरा समुदायका नागरिकलाई पनि सिकाई रहेकी छु ।’


कृष्णपुर नगरपालिकाको समन्वयमा निड्स नेपाल र केयर नेपालको साझेदारीमा सञ्चालित ‘ कोभिड–१९ द्रोस्रो लहर आपतकालिन प्रतिकार्य परियोजना’ अन्तर्गत कोभिड–१९ को महामारीका समयमा समुदायका मानिसहरुको मनोसामाजिक स्वास्थ्य अवस्थाको पहिचान गरि आवश्यक व्यस्थापन तथा सचेतनाका लागी महिला स्वास्थ्य स्वयम सेविका ३ दिने मनोसामाजिक परामर्श तालिम दिईएको थियो ।

तालिमको माध्यमबाट मनोसामाजिक समस्या र यसको व्यवस्थापन सम्बन्धि ज्ञान, धारणा तथा सिप प्रदान गरि समुदायमा रहेका व्यक्तिको मनोसामाजिक स्वास्थ्यमा परेको र पर्न सक्ने असर न्यूनिकरण गर्नमा सहयोग गर्ने उद्देश्यका तालिम आयोजना गरिएको हो । तालिम प्रभावकारी रहेको बताउँदै चन्द्राले भनिन् । ‘समुदाय स्तरमा विभिन्न माध्यमबाट प्रचा पम्पलेट, पारिवारि छलफल, प्रश्नोत्तरको माध्यमबाट मनोसामाजिक स्वास्थ्य तथा परामर्श बारेमा जानकारी दिने गरेकी छु ।’

त्यस्तै कृष्णपुर–२ की स्वयम सेविका बसन्ती चन्द पनि आमा समुहको बैठकमा मनोसमाजिक परामर्श र अन्य स्वास्थ्य सामाग्री भएको पम्पप्लेट र पोष्टर लगेर सहभागी हुन्छिन् । बैठकमा उनले मनोसामाजिक परामर्शकाबारे बारेमा आफुले सिकेको कुरा सहभागीलाई सिकाउन्छिन् । आठ वर्षदेखि सेवा गदैँ आएकी बसन्तीले तालिम पाएपछि भने नयाँ कुरा सिकेको बताईन् । ‘यस्तो तालिम यसअघि पाएकी थिईन् ।’ उनले भनिन् ‘समुदायमा नयाँ कुरा सिकाउन पाउँदा खुसी लागेको छ, स्थानीयहरु पनि मनोसामाजिक अवस्थामाबारे जानकारी दिदाँ उत्साहित हुन्छन् ।’ साथै बैठकहरुमा सरसफाई, स्वच्छ खोनेपानि लगायतका विषयमा नागरिकलाई सिकाउने गरेको उनको भनाई छ ।

मनोसामाजिक परामर्शबारे तालिम


स्थानीय स्वयम सेविका द्धारिका कलौनीको पनि अचेल कार्यतालिकामा मनोसामाजिक परामर्श थपिएको छ । मनोसामाजिक परामर्शबारे तालिम लिएकी द्धारिका २०५७ सालदेखि सेवामा हुन् । तर यस अघि उनले यसबारे तालिम नपाएको बताईन् । ‘यस पटक नयाँ किसिमका तालिम पाए, नयाँ कुरा पनि सिके ।’ उनले भनिन् । ‘संधै यस्तै तालिम पाएको भए हुन्थ्यो, हामीले पनि सामुदायमा नयाँ कुरा सिकाउन सक्थ्यौ ।’

आमा समुह, टोल विकास सस्थाका बैठका मनोसामाजिक परार्मश, सरसफाई, हात धुने तरिका सिकाउने गरेको उनले बताईन् । त्यस्तै मनोबल कसरी बढाउने, समस्याको परिचान कसरी गर्ने र त्यसका साधानका लागी आवश्यक उपाय पहिचान गर्ने लगायतका विषयवस्तुमा जानकारी गराउने गरेको उनको भनाई छ ।

कार्यक्रम अन्र्तगत मनोपरामर्शकर्ताद्धारा परामर्श दिईदैँ

कोरोना भाइरसकोे त्रास बढेको कारणबाट मानसिहरुमा मानसिक तनाव उत्पन्न हुने समस्यालाई सहज तरिकाले व्यवस्थापन गर्ने उपाएकाबारे स्वयमसेवकहरुलाई जानकारी दिनु र समुदाय स्तरमा त्यसलाई पभाव गर्न तालिम दिईएको निड्सका परियोजना संयोजक केशब मलासीले बताए । उनका अनुसार कार्यक्रम अन्र्तगत ६२ घर परिवारमा भेट गरि मनोसामाजिक परामर्श सचेतना प्रदान गरिएको छ । मनोसामाजिक समस्या परेका परिवारमा भावनात्मक सहयोग पुगेको उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्