भीमदत्त नगरपालिकाद्धारा लकडाउन अवधीको सटरको भाडा छुट

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले लकडाउन अवधिको भाडा छुट गरेको छ । महेन्द्रनगर बजार क्षेत्रमा नगरपालिकाको नाममा रहेका सटरको भाडा छुट गर्ने निणर्य गरिएको हो ।


नगरपालिकाको ६१ औँ कार्यपालिका बैठकले नगरपालिकाको नाममा रहेका सटरको भाडा छुट गर्ने निणर्य गरेको नगरपालिकाका सुचना अधिकारी हरि सिंह धामीले बताए । उनका अनुसार नगरपालिकाले ४८ दिनको भाडा पुर्ण रुपमा छुट गर्ने निणर्य गरेको छ ।

‘दोस्रो चरणको कोरोना संक्रमणको जोखिमपछि गरिएको लकडाउनका कारण व्यवसाय पनि बन्द भयो ।’ सुचना अधिकारी धामीले भने ‘लकडाउनले व्यवसाय बन्द नै बन्द भएपछि कार्यापालिकाबाट भाडा सो अवधिको भाडा छुट गर्ने निणर्य गरिएको छ ।’
जेठ १६ देखि असारसम्मको भाडा छुट गरेको नगरपालिकाले जनाएको छ । हाल महेन्द्रनगर बजार क्षेत्रमा नगरपालिकाकाले एक सय सटर भाडामा दिएको छ । यस अघि पनि नगरपालिकाले गत आवको व्यवसाय करमा ५ प्रतिशत छुट दिएको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्