महेन्द्रनगर । कञ्चनपुरको दोधराचाँदनीमा नेकपा एमालेको विस्तारित बैठक सम्पन्न भएको छ । नेकपा एमालले पार्टी विभाजनपछि नगर कमिटिको विस्तारित बैठक दोधराचाँदनीबाट सुरु गरेको छ । नगर ईन्चार्ज किशोर कुमार लिम्बुको अध्यक्षमा शनिबार नगर कमिटिको विस्तारित बैठक सम्पन्न भएको हो ।

नेकपा एमालेका नेता एंव लेखा तथा अनुसन्धान आयोगका केन्द्रीय सदस्य ईश्वरी खरेलको प्रमुख आतिथ्यतामा भएको बैठकमा प्रदेश कमिटि सदस्य नर बहादुर विश्वक, कञ्चनपुरका पार्टी सचिव एंव्म भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्ट, वेदकोटका नगर प्रमुख अशोक कुमार चन्द, दोधराचाँदनीकी नगर उप्र–प्रमुख चिनि गिरी लगायतका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दैँ नेता खरेलले पार्टीलाई एकताबद्ध भएर जानु पर्ने अवस्था आएको बताए । उनले पार्टीको अन्र्तर जीवनमा संधै संषर्घ भईरहने बताउँदै त्यसलाई आन्तरिक रुपमा समाधान गर्नुपर्ने बताए । उनले पार्टी एकताका साथ अगाडी बढाउन सबैलाई अपील गरे ।

त्यस्तै पार्टी सचिव सुरेन्द्र विष्टले दोधराचाँदनीमा एमाले एकतावद्ध भएकोमा धन्यवाद दिदैँ ‘ सुर्य सधैँ पुर्वबाट उदाँउछ, अहिले नेकपा एमालेको पश्चिमबाट उदय भएको छ, पार्टी एकतावद्ध रहेको सन्देश देशभरीमा गएको छ’ उनले भने । दोधराचाँदनीमा नेकपामा एमाले नगर कमिटि र पार्टीबाट निर्वाचित जनप्रतिनिधि एकताको पक्षमा उभिएका छन् ।
त्यस्तै नगर कमिटिका विस्तारीत बैठकपछि जिल्लाको र जनवर्गीय संगठनका बैठक र भेलालाई अघि बढाईने उनले बताए ।

साथै पार्टी सदस्यता नविकरण र अन्य पार्टी गतिविधिलाई निरन्तरता दिन उनले नगर कमिटिलाई निर्देशन समेत दिए । पार्टी विभाजनमा लागेका नेता कार्यकर्तालाई पनि आन्तरिक संषर्घ र छलफलबाट समस्याको समाधान गरिने विश्वास दिलाउँदै विभाजनमा नलाग्ने उनले आग्रह गरे ।
त्यस्तै वेदकोट नगरपालिका नगर प्रमुख अशोक कुमार चन्दले १० बुदेँ कार्यान्वयनका साथै सबैले एकतावद्ध भएर पार्टी लाग्नु पर्ने बताए । उनले पार्टी विभाजन गलत भएको बताउँदै ‘एकता पक्षमा उभिने हामी सबैले व्यक्ति नभई पार्टी रोजेका हौँ, एमाले राजनीतिक रुपमा मात्रै नभई सांस्कृती र सामाजिक रुपमा पनि पार्टी हो, पार्टी बाहिर गएका साथिहरु पनि हार्दिकताका साथ पार्टीमा फर्कान प्रयास गर्नुपर्छ ।’ उनले भने । बैठकले पार्टीका गतिविधिलाई तिव्रताका साथ अघि बढाउने निणर्य गरेको छ ।

