महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टले नेपाली कांग्रेस नेता रमेश लेखकले आफ्नो कार्यकालमा विकास गरेको दावि गरे पनि फिल्डमा भने विकास नदेखिएको दावि गरेका छन् । शनिबार नेकपा एमाले दोधरा चाँदनी नगर कमिटिद्धारा आयोजित विस्तारित बैठकलाई सम्बोधन गदैँ उनले यस्तो बताएका हुन् ।

कञ्चनपुर क्षेत्र नम्बर तीनबाट चुनाव जितेर पटक–पटक मन्त्री समेत बनेका लेखकले यस क्षेत्रमा जन अपेक्षा अनुसार विकास गर्न नसकेको मयेर विष्टको दावि छ । ‘स्थानीय चुनाव अघि रमेश लेखक जी सबै विकास गरे भन्थे, तिनले गरेको विकासको के रैछ, मलाई पनि देखाई दिनु प¥यो ।’
उनले अगाडी थपे ‘मैले त भीमदत्तममा जति विकास गरे पनि कमै देख्छु, रमेशजी खल्ला मेसेट्टी अध्यारोमा जानु भा होला, अहिले विद्युत पुगी सक्यो । पहिले सबैतिर रमेश लेखकले विकास गरि सक्यो भन्थे, तर अहिले कांग्रेसकै साथिहरु विकास भएन भनेर आउनु हुन्छ ।’

त्यस्तै उनले कांग्रेशले चलाउन नसकिने भन्दैँ काम अघि नबढाएको मझगाउँ विमानस्थल वर्षौपछि पुनः सञ्चालनका लागि काम अघि बढेको बताए । साथै एमाले नेतृत्वको सरकारले थुप्रै जनपक्षीय काम गरेको उनको दावि छ । त्यस्तै पार्टी एकतावद्ध गदैँ पार्टी निर्माणको गतिविधिमा लाग्न उनले पार्टी पङ्त्तीमा अपील गरे ।

