ENGLISH

कस्तो खोज्छन् युवायुवतीले जीवनसाथी ?

आफ्नो वैवाहिक जीवनबारे धेरैलाई उत्सुकता हुन्छ । कस्तो जीवनसाथी रोज्ने ? कसरी सम्बन्ध अगाडि बढाउने ? घर–परिवारको सुखका लागि कसरी आपसमा तालमेल मिलाउने ? आर्थिक व्यवस्थापन कसरी गर्ने ? परिवारको समृद्धिका लागि कसरी सहयोगी भूमिका खेल्ने ?

नेपाली समाजमा एउटा भनाई छ, विवाह र मृत्यु मान्छेको हातमा छैन । कतिले चाहेर पनि विवाहको मेलोमेसो मिलाउन सक्दैनन् । कतिले अनायसै जोडी बाध्छन् । अतः विवाहअघि जसरी कल्पना गरिएको हुन्छ, त्यस अनुरुप जीवनसाथी मिल्छ भन्ने कुनै टुंगो हुँदैन । आफुले बनाएको मापदण्ड अनुसारको जीवनसाथी फेला पर्छ ? निश्चित छैन ।

यद्यपि जो कोहीले आफुसँग सम्पूर्ण जीवन विताउने साथीको परिकल्पना गरेका हुन्छन् । उनीहरुले कस्तो जीवनसाथी खोज्छन् त ?

आफ्नो ख्याल राख्ने

विवाहपछि सबैकुरा ठीकठाक मिल्छ भन्ने हुन्न । कतिपय कुरामा आपसी मतभेद हुन्छ । झगडा हुन्छ । यस्ता वाधा–अवरोधहरुले नै दाम्पत्य सम्बन्धलाई अरु परिपक्क बनाउँदै लान्छ । अतः यस किसिमको उतारचढावमा पनि आफुलाई समान रुपमा प्रेम गर्ने । सुखदुःमा साथ दिने, भावना बुझ्ने जीवनसाथी होस् भन्ने अपेक्षा राखिन्छ । जुनसुकै प्रतिकुलतामा समेत आफुलाई ख्याल राख्ने जीवनसाथी खोज्ने गरिन्छ ।

हंसमुख एवं ख्यालठट्टा गर्ने

धेरै गंभिर वा संवेदनशिल मान्छेसँग जीवन विताउन त्यती सहज हुँदैन । त्यसैले युवायुवतीहरु यस्तो जीवनसाथीको अपेक्षा गर्छन्, जो हँसमुख होस् । ख्यालठट्टा गर्ने स्वभावको होस् । घर परिवारको माहौललाई रमाइलो बनाइराख्ने स्वभावको होस् । यद्यपि परिवारप्रति गैरजिम्मेवार भने होइन ।

सहयोगी

घर–परिवार चलाउनका लागि श्रीमान र श्रीमतीको उत्तिकै दायित्व हुन्छ । उनीहरुले आ–आफ्नै जिम्मेवारी सम्हाल्नुपर्ने हुन्छ । श्रीमानको काम श्रीमतीले गर्नुपर्छ भन्ने होइन । श्रीमतीको काम श्रीमानले पुरा गरिदिनुपर्छ भन्ने पनि छैन । उनीहरुको काम फरक हुन्छ, यद्यपि त्यो घर–परिवारकै निम्ति हुन्छ । यस किसिमको काममा दुबैको साथसहयोग जरुरी हुन्छ ।

सभ्य र समझदार

युवायुवतीहरु आफ्नो जीवनसाथी सभ्य र समझदार होस् भन्ने चाहन्छन् । मान्छे सबै कुरामा पोख्त हुँदैनन् । सबै कुरामा अब्बल हुँदैनन् । मान्छेको कमी कमजोरी हुन्छ । यस्ता कमी कमजोरीलाई स्वीकारेर हार्दिकतापूर्वक सम्बन्ध कायम राख्ने जीवनसाथी चाहन्छन् युवायुवतीहरु ।

आर्थिक सुरक्षा

घर–परिवार भावनाले मात्र चल्दैन । भौतिक आवश्यक्ताहरु पुरा गर्नका लागि आर्थिक कुराले उत्तिकै महत्व राख्छ । त्यसैले दिगो आयस्रोत भएकाहरुमाथि उनीहरु बढी भर पर्छन् । यद्यपि आयस्रोतको माध्याम भएर मात्र पुग्दैन, त्यसको व्यवस्थापन अरु बढी महत्वपूर्ण हुन्छ ।

 
मितजी TV
Video thumbnail
Happy Dashain from CDO of Kanchanpur | प्रमुख जिल्ला अधिकारीको शुभकामना सन्देश ।
01:45
Video thumbnail
दशैं तिहार सुरक्षित ढंगले मनाऔं - मन्त्री लाल बहादुर खड्का
01:43
Video thumbnail
एमसीसी पूर्ण रुपमा खारेज गर्न माग गर्दै धनगढीमा प्रर्दशन | Protest against MCC in Dhangadhi
04:54
Video thumbnail
भारतबाट गड्डाचौकी नाका भई नेपाल फर्कनेको संख्या बढ्दो क्रममा
01:46
Video thumbnail
नेपाल शिक्षक संघ कञ्चनपुर र नेपाल प्रहरी बीच भिमदत्त नगरपालिका परिसर भित्र झडप
05:52
Video thumbnail
नेपाल रेडक्रस सोसाइटि, कन्चनपुरका अध्यक्ष मनोज प्रसाद उप्रेती ज्युको सन्देश | RedCross Kanchanpur
02:52
Video thumbnail
कञ्चनपुर अन्तरिक राजस्व कार्यालय प्रमुख पुस्कर न्यौपाने ज्युको सन्देश | IRD Kanchapur
01:50
Video thumbnail
कन्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेय ज्युको सन्देश | CDO of Kanchanpur
01:39
Video thumbnail
महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्ण दत्त जोशी (Boxer) को सन्देश | #MitjeeMedia #COVID19
02:24
Video thumbnail
बन्यजन्तु मैत्री विकास निर्माण गर्न अत्यन्त जरुरी। तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती
05:47

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्