भीमदत्तमा आगलागिको अवस्था र नियन्त्रणको पुर्व तयारीबारे छलफल

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आगलागिको अवस्था र त्यसको नियन्त्रणका लागि पुर्व तयारीबारे छलफल गरिएको छ । भीमदत्त नगरपालिकाको सहकार्यमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसिए नेपालसँगको साझेदारी सञ्चालित शहरी विपद् व्यवस्थापन कार्यक्रम अन्र्तगत छलफल गरिएको हो । भीमदत्तमा “जोखिम उत्थानशिलताका लागि स्थानिय सामुहिक पहल (नेक्सेस)” परियोजनाले एलटिआरसि कैलालीको प्रावधिक सहयोगमा कार्यक्रम सञ्चालन भईरहेको छ ।

भीमदत्त नगरपालिकाको आगलागी जोखिम न्युकिरण गर्न आगलागी सम्बन्धी अवस्था पहिचानको मास्यौदा माथी छलफल गरिएको एलटिआरसि कैलालीका निर्देशक दिनेश चन्द्र जोशीले बताए । उनले छलफलमा न्युनिकिरण गर्न आगलागी सम्बन्धी अवस्था पहिचानको मास्यौदाबारे प्रस्तुती दिएका थिए । कार्यक्रममा आगलागी न्यूनिकरण गर्न गरेको पूर्व तयारीको अवस्था , तयारीमा देखिएको अन्तराल को विश्लेषण र लगानीको सम्भावना का वारेमा छलफल गरिएको छ ।

परियोजनाले भीमदत्तमा आगलागीको अवस्थाबारे अध्ययन गरेको छ । साथै नगरपालिकाका उच्च जोखिम, र जोखिम रहेका वडाहरु समेत छुट्टयाएको छ । परियोजनाले वडा नम्बर ४, १८ आगलागिको उच्च जोखिममा रहेको औल्याएको छ । कार्यक्रमका सहभागिले सबैले आ–आफनो क्षेत्रबाट सहयोग गरे आगलागि नियन्त्रण गर्न सकिने कुरा राखेका थिए । साथै निजि क्षेत्र सामाजिक उत्तरदाय अन्र्तगत आगलागि नियन्त्रणा लागि आवश्यक सामागी्र सहयोग सँगै जनचेतना मुलक कार्यक्रममा जोड दिनुपर्ने सरोकारवालाको भनाई छ ।

छलफल कार्यक्रममा भीनपा–४ का वडाध्यक्ष लक्ष्मी दत्त बोहरा भीनपाका वातावरण अधिकृत गणेश सिंह ठगुन्ना ,वडा नं १८ का वडा सचिव नरेन्द्र देव भट्ट, कञ्चनपुर उद्योग वाणीज्य संघ अधिकृत हेमराज भट्ट, बैर्कस क्लव महेन्द्रनगरका अध्यक्ष लक्ष्मण सिंह चोख्याल, होटल व्यवसायी संघका अध्यक्ष जगदिश भट्ट, अधिकारकर्मी भगवती थापा पत्रकार महासंघका उपाध्यक्ष भवानी भट्ट, गैसस महासंघका अध्यक्ष नरेस सिलाल नेपाल रेडक्रस सोसाइटीका कार्यालय प्रमुख मनोज उप्रेती सुदुर पश्चिम प्रदेश विपद् ब्यवस्थापन गुल्मका प्रमुख प्रहरी निरिक्षक केशव चन्द, जिल्ला प्रहरी कार्यलयका प्रतिनिधी जिल्ला आपतकालि कार्य सञ्चालन केन्द्रका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्