कञ्चनपुरमा मनाईयो राष्ट्रिय परिवार योजना दिवस, परिवार नियोजनबारे जनचेतना अभिवृद्धीमा जोड

महेन्द्रगगर । कञ्चनपुुरमा पनि आठौँ राष्ट्रिय परिवार योजना दिवस मनाईएको छ । जिल्ला जनस्वास्थ्य कार्यायल कञ्चनपुरको आयोजनामा शनिबार उक्त दिवस मनाईएको हो । दिवसका अवसरमा परिवार योजना सेवाको वर्तमान अवस्था र विद्यमान चुनौती विषयक विचार गोष्ठी आयोजना गरिको थियो । कोभिड—१९ महामारीः परिवार योजना सेवा सबैको पहुुँच बराबरी भन्ने नाराका साथ दिवस मनाईएको हो ।


कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका फोकल पर्सन कपिल देव जोशीेले जिल्लामा परिवार नियोजनको अवस्था र विद्यमान चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए । उनका अनुसार हाल जिल्लामा परिवार नियोजन सेवा लिने दर ४० प्रतिशत रहेको छ । कञ्चनपुरमा ६० प्रतिशत परिवार नियोजन दर पु¥याउने लक्ष्य भएपनि विभिन्न कारणले पुरा हुन सकेको छैन् । ठुलो संख्याका युवा वैदेशिक रोजगारीमा जानुु, गर्भ पतनका सामाग्रीको सहज उपलब्धता र परिवार नियोजन शिक्षाबारे जानकारी अभावले उक्त दर बढ्न नसकेको उनको भनाई छ । साथै उनले सबैले यसबारेमा समुुदायस्तरमा जनचेतना फैलाउनु पर्ने बताए ।


त्यस्तै परिवार नियोजन संघ कञ्चनपुरका प्रमुुख बाशुदेव विष्टले पनि परिवार नियोजनबारे व्यापक प्रचार प्रचार गर्नुपर्नेमा जोड दिए । आफुहरुले सक्दोजति गुणस्तरी सेवा दिईरहेको उल्लेख गदैँ सबैले समुदायस्तरमा यसबारे जानकारी गराउन सके सेवा प्रभावकारी हुने विचार व्यत्त गरे ।


त्यस्तै स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमख शिवराज सुनारले पनि परिवार नियोजनबारे जनचेतना अभिवृद्धीमा जोड दिए । उनले युवा पलायन, गर्भ पतन लगायतको सुविधाका कारण पछिल्ला वर्षहरुमा परिवार नियोजन र प्रजनन् दरमा फरक नदेखिएको बताए ।


साथै परिवार नियोजन दरलाई ६० पु¥याउने स्वास्थ्य कार्यालय कञ्चनपुरको योजना रहेको उनको भनाई छ । त्यस्तै कार्यक्रमका प्रमुुख अतिथि डाक्टर गणेश दत्त भट्टले पछिल्लो समयमा परिवार नियोजनबारे जन चेतनामा सुधार भएपनि यसलाई अझै विस्तार गर्नुपर्ने आवश्यकता औल्याए ।


विचार गोष्ठिमा सेती महाकाली नर्सिक क्याम्पसका छात्राहरु अन्य सहभागीले पनि परिवार योजनाका विषयमा आफ्नो भनाई राखेका थिए । दिवस भीमदत्त नगरपालिका, परिवार नियोजन संघ, गेरुवा जन जाँगरण संघसँगको सहकार्यमा मनाईएको हो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्