पर्यटन क्षेत्र पुनरुउत्थानका लागि सरोकारवालाको जोड

महेन्द्रनगर । कोरोना संक्रमणका कारण धरासायि बनेको पर्यटन क्षेत्र पुनरुउत्थानका लागि कञ्चनपुरबाट सरोकारवालाले जोड दिएका छन् । होटल व्यवसायि संघ कञ्चनपुरको आयोजनामा विभिन्न होटल व्यवसायी महासंघसँग आवद्ध देशभरीका विभिन्न जिल्लाका पर्यटन व्यवसायीहरुको सहभागीतामा होटल तथा पर्यटन क्षेत्रको पुनरुउत्थानका लागि बृहत अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको हो । शुक्रबार महेन्द्रनगरमा आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा कोभिडपछि घरासायी बनेको पर्यटन व्यवसायलाई तत्काल पुनरुउत्थान गर्नुपर्नेमा जोड दिईएको छ ।
होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हिराध्वज शाहले पर्यटन पुनरउत्थानका लागि सरकारबाटै स्पष्ट नीति तथा कार्यक्रम आउनु पर्नेमा जोड दिए । उनले पश्चिमबाट सुरु भएको पर्यटन पुनरुउत्थानको प्रयासले नयाँ लगानी र व्यवसाय जाँगरणको अभियान सुरु हुने बताए । साथै उनले कोरोनाले पर्यटन क्षेत्र धरासायी बनेकोले यसको पुनरुत्थानका लागि सबै सहज वातावरण र स्वास्थ्य सुरक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिए । त्यस्तै नाटा सुदूरपश्चिमका अध्यक्ष एंवम् आन्तरिक पर्यटन पुनरुउत्थान समिति संयोजक माया प्रशास भट्टले पर्यटन पुनरुउत्थाका लागि छलफल गर्नुपर्ने बेला आएको बताए । सुदूरपश्चिम पर्यटकीय सम्भावनको क्षेत्र भएकोले थप पुर्वाधार विकास र मार्केटिङमा जोड दिनुपर्ने उनको भनाई छ ।
होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिश चन्द्र भट्टले कोरोना करहले धरासायी बनेको होटल र पर्यटन क्षेत्रको पुनरुउत्थानका लागि विचार गोष्ठीको आयोजना गरिएको बताए । उनले कोरोनाले पर्यटन व्यवसाय ठुलो क्षती भएकाले सरकारले सबै क्षेत्रलाई समेट्न गरि प्याकेजमै नीति तथा कार्यक्रम ल्याउनु पर्ने बताए । विशेष गरि सरकारले ल्याउने कार्यक्रममा ठुला व्यवसायीक क्षेत्रले मात्रै लाभ पाउने गरेकाले साना तथा मझौता लगानी सञ्चालीत व्यवसायले पनि त्यसको दायरा पर्नेपर्ने उनको भनाई छ ।
होटल व्यवसायी संघ कञ्चनपुरले महासंघको केन्द्रीय बैठकको पुर्वसन्ध्यामा महेन्द्रनगरमा बृहत अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको हो । महासंघको चौथो केन्द्रीय कमिटि बैठक शनिबार महेन्द्रनगरमा सम्पन्न भएको छ । उक्त अन्तक्रिया कार्यक्रममा पर्यटन क्षेत्रको पुनरुउत्थाका लागि प्रदेश तथा स्थानीय सरकार जनप्रतिनिधिबाट संघले प्रतिवद्धता खोज्नुका साथै यसबारेका भावी योजना निर्माणमा सहयोग पुग्ने उद्देश्यका साथ कार्यक्रम गरिएको अध्यक्ष भट्टको भनाई छ । साथै सीमा नाकालाई सुरक्षीत र व्यवस्थीत बनाए पर्यटन आवागमनलाई सहज बनाउन पर्ने उनको माग छ ।
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग वन पर्यटन तथा वातावरणमन्त्री सन्तोष धामीले पर्यटन व्यवसाय पुनरुउत्थानका लागि सरकारले पहल गर्ने बताए । उनले पर्यटन अर्थतन्त्र विकासको मेरुदण्ड भएको उल्लेख गदैँ ‘सुदूरपश्चिम पर्यटकीय सम्भावन बोकेको क्षेत्र हो, हामीसँग पर्यटक भित्र्याउने कलाको अभाव छ, प्रदेश सरकारले पनि पर्यटन विकासका लागि काम गरिरहेको छ ।’ उनले भने । त्यस्तै कोरोनाबाट प्रभावित व्यवसायका लागि ब्याज अनुदान दिने नीति तथा कार्यक्रम ल्याएको उनको भनाई छ । व्यवसाय पुनरुउत्थान र बिउ पुजी निर्माणका लागि प्रदेश सरकारले व्यवसायिलाई सहयोग गर्ने उनले प्रतिवद्धता समेत जनाए ।
साथै नेपाल भरीका व्यवसायिहरुको सहभागीताका कञ्चनपुरमा पर्यटन पुनरुउत्थानका लागि कार्यक्रम आयोजनाले देश भर पर्यटन पुनरुउत्थानका लागि सन्देश गएको उनको भनाई छ । त्यस्तै भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना महाकारीसँगैको अबको जीवनशैली बन्ने बताउँदै सुरक्षा र सतर्कता आपनाएर पर्यटन व्यवसायलाई पुर्नजीवन दिनुपर्ने बताए । उनले कोरोना कहर नियन्त्रणमा सीमा क्षेत्रमा रहेको भीमदत्त नगरपालिकाले महत्वपुर्ण जिम्मेवारी बहन गरेको स्मरण गराउँदै सीमालाई पुर्ण रुपमा नाकालाई पुर्ण रुपमा व्यवस्थीत गरि पर्यटन आवागमनलाई सहज बनाउनु पर्नेमा जोड दिए ।

पर्यटन क्षेत्र अर्थतन्त्र विकासको हतियारको रुपमा रहेको बताउँदै नगर प्रमुख विष्टले भने ‘कोरोनाकाल पछिको विषम परिस्थितीमा हामी सबैले फाईब एसको आवधारणमा अघि बढ्न जरुरी छ, त्यसका लागि सहजता, सुरक्षीत, समन्वय, सहकार्य र समृद्धीलाईसँगसँगै लिएर जानुपर्छ ।’
भीमदत्त नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि पुर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएको उल्लेख गदैँ निजी क्षेत्रसँग सहकार्यका लागि नगरपालिका तयार रहेको बताए । त्यस्तै वेदकोट नगरपालिका नगर प्रमुख अशोक कुमार चन्दले अन्र्तक्रियाबाट पर्यटन पुनरुउत्थानका लागी महत्वपुर्ण सुझाव आएको बताउँदै त्यसको कार्यान्वनका लागि सबै क्षेत्रसँगको सहकार्य आवश्यक रहेको जोड दिए । साथै वेदकोट नगरपालिका पर्यटन क्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्