महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडीका युवा नेता दिपेन्द्र सिह धामीले पत्रकारलाई सम्मान गरेका छन । नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संगठन युवा संघ नेपाल कञ्चनपुरका सह–संयोजक समेत रहेका धामीले नेपाल पत्रकार महासंघ कञ्चनपुरका पदाधिकारी तथा सदस्यलाई सम्मान गरेका हुन ।
बेलडाँडी गाँउपालिका २का स्थानीय समेत रहेका युवा नेता धामीले जिल्लाको विकासका साथै विपन्न सबै समुदायको आवाज बुलन्द गर्ने संचार क्षेत्रलाई सम्मान गरेको बताए ।
दिगो विकासका लागि भूमिका निर्वाह गर्नका पत्रकारको अहम भूमिका हुने भन्दै युवा संघ नेपाल कञ्चनपुरका सह संयोजक धामीले सम्मान गरेको बताए ।
युवा नेता धामीले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामी, उपाध्यक्ष भवानी भट्ट, सचिव राजेन्द्र प्रशाद अवस्थी, सह सचिव पहिलाद राना, सदस्य होम योगी, रमेश भट्ट, देवेन्द्र खडकालाई नेपाली ढाका टोपी लगाईदिएर सम्मान गरेका छन । पत्रकारलाई सम्मान गर्दै युवा नेता धमीले राजनीतिकसंगै युवालाई उत्पादनका काममा प्रेरित गर्ने आफ्नो योजना रहेको बताए । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले संचार क्षेत्रलाई समेत युवा पिँढिले सम्झिएकोमा आभार प्रकट गर्दै युवाका मुद्दा उठानमा प्रतिबद्धता जाहेर गरेका छन ।
