भीमदत्तका नगर प्रमुख विष्ट र साझेदारीका चिफ अफ पार्टी मार्क पोमरभिलसँग भेटवार्ता, विकास र साझेदारीबारे छलफल

भीमदत्त । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र युएसएआईडी साझेदारी संघीयता सहयोग कार्यक्रमका चिफ अफ पार्टी मार्क पोमरभिलसँग भेटवार्ता भएकाे छ । मंगलबार भीमदत्त नगरपालिकामा भएकाे भेटवार्तामा संस्थागत क्षमता विकास र साझेदारीबारे छलफल भएकाे हाे । नगर प्रमुख विष्टले चिफ अफ पार्टी मार्क पोमरभिलसँगकाे भेटवार्तामा साझेदारी संघीयता सहयोगद्वारा सञ्चालित कार्यक्रमका बारेमा छलफल भएकाे बताउनु भयाे । उहाँका अनुसार छलफलमा संस्थागत क्षमता विकास लगायत विभिन्न क्षमता विकास तालिमहरुबारे पनि छलफल गरिएको छ । त्यस्तै छलफलमा नगरपालिकामा साझेदारीमा सञ्चालित कार्यक्रमकाे प्रभावकारीता , उपलब्धि र आगामी सहकार्य तथा साझेदारीका विषयमा समिक्षात्मक छलफल भएको हाे ।
साझेदारी अन्तर्गत भीमदत्त नगरपालिकामा विभिन्न सामाजिक-आर्थिक उत्थानका कार्यक्रम लगायत क्षमता विकास तालिमहरु सञ्चालन भईरहेका छन । भेटवार्तामा साझेदारी संघीयता सहयोग कार्यक्रमका सिनियर प्रोभिन्सियल म्यानेजर नवराज जोशी, भीमदत्त नगरपालिकाका वातावरण अधिक्रित गणेश ठगुन्ना लगायतकाे सहभागिता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्