बैतडीः बैतडीमा हाइस र टेलर एक आपसमा ठोक्किँदा हाइसमा सवार ५ जना यात्रु घाइते भएका छन्। महेन्द्रनगरबाट बैतडीको मेलौली आउँदै गरेको सुपप्र ०१००१ ज १३३४ नम्बरको हाइस र बैतडीबाट धनगढी जाँदै गरेको ना६ख ५६५९ नम्बरको टेलर पाटन नगरपालिका ६ हिरापुरमा एक आपसमा बुधबार साँझ एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा परी बैतडीको पाटन नगरपालिका ६ का ५५ वर्षीया भागा कुमाल, सोही ठाउँका ५० वर्षीय गोपाल कुमाल, पाटन ६ कै ३२ वर्षीया रेखा केसी, पाटन ६ कै १६ वर्षीय आदित्य केसी र शिवनाथ गाउँपालिका ३ की २१ वर्षीया सरस्वती साउँद समान्य घाइते भएका छन्। घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ।
हाइसले गलत साइडबाट टेलरलाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए। दुवै साधन र चालकहरु प्रहरी नियन्त्रणमा रहेका छन्।