४० वर्षमाथिका सबै नागरिकको पिसाब जाँच गर्ने देउवा सरकारको योजना

काठमाडौं । सरकारले ४० वर्षमाथिका सबै नागरिकको पिसाब जाँच गर्ने भएको छ । बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले नागरिकहरुको मिर्गौलाको अवस्था के कस्तो छ ? भन्ने जानकारी लिनका लागि ४० वर्ष नाघेका सबै नागरिकको पिसाब जाँच गर्ने योजना रहेको बताएका हुन् ।

‘स्वास्थ्य मन्त्रालयका साथीहरुले ४० वर्षमाथिका नागरिकहरुको पिसाब जाँच गर्ने योजना रहेको राख्नुभयो । कहिलेदेखि शुरु गर्ने लगायत आएको छैन,’ समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

सरकारले मिर्गौलाका सम्बन्धमा नागरिकहरुमा के कस्तो समस्या छ भन्ने जानकारी लिने गरी योजना बनाएको समितिको जानकारीमा आएको समिति सभापति घर्तीले बताइन् । बैठकपछि समितिले मिर्गौला प्रत्यारोपण सेवालाई सहज र छिटो छरितो हुने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

‘डायलाइसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्न, मिर्गौला फेल हुनुको कारण र मिर्गौलासम्बन्धी रोगबाट बच्ने उपायका बारेमा देशभरि नै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न’ पनि निर्देशन गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्