नयाँ सवारी चालकलाई ट्राफिक नियमबारे प्रशिक्षण, असल चालकलाई सम्मान

महेन्द्रनगर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरबाट नयाँ लाईसेन्स लिएका सवारीलाई चलाकलाई ट्राफिक नियमबारे प्रशिक्षण दिईएको छ । यातायात व्यवस्था कार्यालय महेन्द्रनगर, जिल्ला ट्राफिक कार्यालय कञ्चनपुर र जिल्लास्थित यातायात व्यवस्थापन तथा समितिहरुको आयोजनामा ट्राफ्रिक नियमबारे अनुशिक्षण कार्यक्रम गरिएको हो । बिहिबार कार्यक्रमको आयोजना गरी ट्राफिक नियम सम्बन्धी जानकारी गराईनुका साथै नजिक आईरहेको दशैं, तिहार तथा छठ पर्वलाई लक्षीत गरि हुन सक्ने दुर्घना न्युनिकरणका लागि चलाकलाई थज जिम्मेवार बनाउन अनुशिक्षण गरिएको हो ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालय, र यातायात व्यवसायी तथा मजुदुर संगठनको संयुक्त आयोजना गरिएको कार्यक्रममा नयाँ सवारी अनुमति पत्र पाएका चालकहरुलाई प्रशिक्षण र असल सवारी चालक तथा ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउने संघ संस्थालाई सम्मान समेत गरिएको हो । जिल्ला प्रहरी ट्राफिक कार्यलयका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले नयाँ सवारी चालकलाई ट्राफिक नियमबारे जानकारी दिन र सुरक्षीत यात्राका लागि जिम्मेवार बनाउन कार्यक्रम आयोजना गरिएको बताए । साथै ट्राफिक व्यवस्थापनमा प्रहरीलाई सहयोग गर्ने संघ संस्था र चालकलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको उनको भनाई छ ।


त्यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कडेँलले सुरक्षीत यात्राका लागि सवारी चालकको काँधमा ठुलो जिम्मेवारी हुने बताए । उनले आफ्नो सँगै परिवार, समाज र यात्रुको अमुल्य जीवन बोकेर हिडेका चालकले ट्राफिक नियमको पुर्ण पालन गर्नुपर्ने बताए । नेपालमा दैनिक सात जनासम्मले सडक दुर्घनाबाट ज्यान गुमाउने गरेका बताउँदै प्रहरी नायब महानिरीक्षक कडेँले ट्राफिक नियमको पुर्ण पालना गरे यसलाई न्युनिकरण गर्न सकिने उल्लेख गरे ।


यातायात व्यवस्था कार्यालय महेन्द्रनगर प्रमुख विनोद कुमार मालीले सवारी चालक र सवारी धनीको सेवाका लागि कार्यालयले निरन्तर सेवा दिईरहेको बताए । उनले सेवाग्राहीलाई कार्यालयले सहज रुपमा सेवा उपलब्ध गराईरहेको बताए । सेती महाकाली यातायात प्रा लि.का अध्यक्ष डम्बर पन्तले चलाकलाई अझै जिम्मेवार बनाई सडक दुर्घटना न्युनीकरण गर्न कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रमको अध्यक्ष समेत रहेका पन्तले सडक दुर्घटनाबारे व्यवसायी सचेत रहेकोले त्यसको न्युनीकरण गर्न सरोकारवाला निकायसँगको सहकार्यमा कार्यक्रम गरिएको बताए । यस्ता तालिम तथा प्रशिक्षकले सडक दुर्घना न्युनिकरणमा सहयोग पुग्ने उनको विश्वास छ ।


बिहिबार सम्मानीत हुने संस्थाहरुमा सामुदायिक सेवा केन्द्र, ममताज पार्टी प्यालेस, भानुपार्टी प्यालेस, र चालकहरुमा रमेश बहादुर सिह, सुरेन्द्र बोहरा, रमेस बहादुर खत्री, जानकी लुहार, गणेश बहादुर खत्री रहेका छन् । त्यस्तै सवारी चलाउदाँ हराएको समान भेटेर प्रहरीलाई बुझाउन अटो चालक मदन नाथ पनि सम्मानीत भएका छन् । उनिहरुले सम्मानीत हुन पाउँदा खुसी व्यत्त गरेका छन् । कार्यक्रम अत्तरियाका ट्राफिक प्रहरी प्रमुख वामदेव गौतमले पनि नयाँ चलाकलाई ट्राफिन नियमबारे प्रशिक्षण दिएका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्