महेन्द्रनगरमा तीन दिवसीय टेस्ट क्रिकेट हुँदै

महेन्द्रनगर: कञ्चनपुरको महेन्द्रनगरमा ३ दिने टेस्ट क्रिकेट म्याच हुने भएको छ।  कञ्चनपुरमा ३ दिने टेस्ट क्रिकेट हुदै शनिबारदेखि शुरु हुनेछ  । आयाेजकका अनुसार अशोज ९ देखि ११ गते ३ दिन सम्म चल्ने खेलमा खप्तड इन्डोर स्पोर्ट्स ११ र नागार्जुन स्कुल ११ सहभागी छन्  । जसमा एक टिमले २ पल्ट ब्याटिंग गर्नु पर्नेछ।
उक्त ३ दिवसीय खेल एक दिनमा ३-३ सेसन गरेर खेलिने छ जसमा लन्च र टि ब्रेक पनि रहने खेलाडी सुशील खड्काले जानकारी दिएका छन् । उनका अनुसार ३ दिन सम्म चल्ने उक्त खेल मैत्रीपूर्ण रहेको जसको प्रायोजन पछ्याण वेअर्सले गरेको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्