एमालेमै फर्किए महरा भन्छनः ‘कम्युनिष्ट आन्दोलन र पार्टी सिध्याउने षडयन्त्रमा बस्न सकिएन’

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरका नेता एंवम् पार्टी सह–सचिव रण बहादुर महरा एमालेमै फर्किएका छन् । नेकपा एमाले विभाजनपछि नेकपा एकिकृत समाजवादीतिर खुलेका नेता महरा अन्तः पार्टीमै फर्किएका हुन् ।
पार्टीमा पुर्ववत जिम्मेवारीमा फर्किएका महराले शनिबार भीमदत्तका तीन वडा भेलालाई पार्टी सह–सचिव तथा प्रचार विभाग प्रमुखको हैसियतले सम्बोधन गरे ।


भीमदत्त नगरपालिका–१८ को वडा कमिटिले आयोजना गरेको वडा भेलालाई सम्बोधन गर्ने क्रममा नेता महराले आफु नियमीत पार्टीको जिम्मेवारीमा फर्किएको घोषणा गरे । ‘नेकपा एकता भङ्ग भएपछि एमाले एकतावद्ध हुनुपर्छ भन्ने हाम्रो चाहाना थियो ।’ उनले भने ‘हामी पार्टी विभाजनको एउटा पक्षमा कदापी थियौँ तर पार्टी अन्र्तर संर्घषमा क्रममा एउटा पक्षमा हामी पनि लाग्यौँ । त्यहाँको वास्तविकता बुझी सकेपछि पार्टीमा फर्किएको छु ।’

समाजवादीको निर्माण नेपालको कम्युनिष्ट आन्दोलन र नेकपा एमालेलाई धोस्त पार्ने योजनाका साथ भएकोले उनले बताए । पार्टी भित्रै अन्र्तर संघर्षलाई जारी रहने बताउँदैँ उनले सबैलाई एकतावद्ध हुन आग्रह समेत गरे । वडा नम्बर ५ को भेलालाई सम्बोधन गर्न पुगेका सह–सचिव महराले त्यहाँ पनि समाजवादीमा एमाले सिध्याउने षडयन्त्र भईरहेको दावि गरे ।


उनले सिमित स्वार्थपुर्तीका लागि मात्रै केही मानिस केहि समयका लागि विभाजनको पक्षमा लागेको बताउँदै ‘सबै कुरा विस्तारै स्पष्ट हुदैँ जानेछ, साथिहरु फर्किनु हुन्छ, पार्टीमा फिर्केर नै आन्तरिक रुपमा समस्या समाधान गर्ने हो ।’
त्यस्तै पार्टी सचिव सुरेन्द्र विष्टले पार्टी एकतावद्ध गर्न संगठन निर्माण ध्यान दिन नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले पार्टीको जिल्ला कमिटि बैठकले पार्टी बाहिर रहेकालाई पनि पार्टीमा फर्कनका लागि अपील गरेका उल्लेख गदैँ सबैलाई जिम्मेवारी फर्कन र एमालेको समृद्ध नेपाल सुखि नेपालीको अभियानमा लाग्न आग्रह समेत गरे ।
नेकपा एमाले कञ्चनपुरले शनिबार वडा नम्बर ४,५ र १८ को वडा भेला सम्मन्न गरेको छ । भेलाले अगामी कार्तिकमा हुने वडा सम्भेलनका लागि कमिटि समेत निर्माण गरेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्