सुदूरपश्चिम विश्वविद्यालय एमबिए पहिलो ब्याचका विद्यार्थीलाई अभिुमुखिकरण

महेन्द्रनगर १० असोज । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले एमबीए पहिलो ब्याचका विद्यार्थीको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तहको शैक्षिक सत्र देखि संचालनमा आएको बहुप्रतिक्षित एमबिए शैक्षिक कार्यक्रमको अभिमुखीकरण कार्यक्रम आईतबार महेन्द्रनगरमा सम्पन्न भएको हो ।
सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायले आयोजना गरेको उक्त कार्यक्रम केन्द्रीय क्याम्पस व्यवस्थापन केन्द्रीय विभाग र कैलाली बहुमुखी क्याम्पस धनगढी कैलालीमा एमबिए शैक्षिक कार्यक्रममा भर्ना भएका विद्यार्थीहरूलाई कार्यक्रम संचालन, व्यवस्थापन र मूल्याङ्कन प्रणाली सम्बन्धमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
व्यवस्थापन संकायका डीन प्रा.डा. पदमराज जोशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा.डा. हेमराज पन्त प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा विज्ञान तथा प्रविधि संकायका डीन प्रा.डा. भवानी चन्द ठकुरी, मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा मुकुन्दवल्लभ कलौनी, हरिशंकर पन्त, डा. राजेन्द्रबीर चन्द, डा. गोविन्दराज जोशी , शंकरदत्त भट्ट र मनिष ओझा लगायतले मन्तव्य राखेको कार्यक्रम गम्बीर बहादुर चन्दले संचालन गरेका थिए ।
कञ्चनपुरका प्रतिष्ठित व्यापारी एवं कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले उद्मशीलता र व्यवसायीकताबारे विद्यार्थीहरूलाई प्रोत्साहित गदैँ त्यसबारे जानकारी दिएको थिए ।
सुदुरपश्चिम विश्वविद्यालयले यसै वर्षदेखि केन्द्रीय क्याम्पस र कैलाली बहुमुखी क्याम्पसमा पहिलो पटक एमबिए कार्यक्रम सुरु गरेको हो ।
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस व्यवस्थापन विभागका विभागीय प्रमुख शंकरदत्त भट्टले यस वर्षबाट एमबिए र एमबिएस नयाँ कार्यक्रम सञ्चालन गरिएको बताए । पहिलो ब्याचमा भर्ना भएका विद्यार्थीलाई कोर्सबारे जानकारी दिन अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको उनले बताए । साथै उनले एमबिए तथा एमबीएस अध्यापनका लागि आवश्यक पुर्वाधारको व्यवस्थापन गरिएको पनि बताए ।
विश्वविद्यालयले सुरु गरेको नयाँ कार्यक्रमले व्यवस्थापन तथा वाणिज्य क्षेत्रमा दक्ष जनशक्ती उत्पादन हुने अपेक्षा लिईएको छ । साथै स्थानीय स्तरमै एमबीए र एमबिएसको अध्यापन हुन थालेपछि सो शिक्षाका लागि विद्यार्थीले जिल्ला बाहीर जानु पर्ने बाध्यता पनि हटेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्