सेवाग्राही कर्जा सेवा दिदैँ नेपाल बैंक महेन्द्रनगर शाखा

महेन्द्रनगर १० असोज ।
नेपाल बैक लिमिटेड महेन्द्रनगर शाखाले सेवाग्राही कर्जा सेवालाई तिव्रताका साथ सञ्चालनमा ल्याएको छ । आईतबार बैंकको महेन्द्रनगर शाखाले भीमदत्त नगरपालिका–१२ स्थित वि.पि. कोईराला आधारभूत विद्यालय ओदालीसँगै सेवाग्राही कर्जा सेवा सम्झौता
गरेको हो । शाखा प्रमुख महेशराज जोशीले सेवाग्राही कर्जा सेवा अन्र्तगत विपी आधारभुत विद्यालयसँग सम्झौता गरिएको बताए । उनका अनुसार सेवाग्राही कर्जा सेवा अन्र्तगत ५ देखि १५ लाखसम्म बिना धितो कर्जा उपलब्ध
गराईने छ । नेपाल बैंकमा खाता रहेको संस्था स्थायी कर्मचारीलाई उक्त सेवा प्रदान गरिने शाखा प्रमुख जोशीको भनाई छ । बैकको महेन्द्रनगर शाखाले संस्थागत बैकिङ कारोबारलाई तिव्रताका साथ अघि बढाउदैँ लगेको छ । हालसम्म सुदूरपश्चिम विश्वविद्यालयसहित पाँच विद्यालय र अन्य संस्थाहरुसँग पनि सेवाग्राही कर्जा सेवा सम्झौता गरिएको बैकले जनाएको छ ।
उक्त कर्जा सम्झौतापछि संस्थाका स्थायी कर्मचारीलाई बिनाधितो ऋण लिन सहज भएको छ । त्यस्तै महेन्द्रनगर शाखाले डिजिटल
कारोबारमा पनि जोड दिएको छ । डिजिटल सेवा अन्र्तगत बैंकले हालसम्म ५० वटा व्यवसायिक संस्थाहरुलाई क्युआर कोड वितरण गरिएको शाखा प्रमुख जोशीले जानकारी दिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्