को–अपरेटिभ म्यानेजर्स क्लब कञ्चनपुरको साधारण सभा सम्पन्न, सेटीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

महेन्द्रनगर १४ असोज । को–अपरेटिभ म्यानेजर्स क्लब कञ्चनपुरको पहिलो साधारण सभा सम्पन्न सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमकाबिच पहिलो साधारण सभा तथा अधिवेसन सम्पन्न भएको हो । क्लबका अध्यक्ष सुनिल सेटीको अध्यक्षमा आयोजित साधारण सभामा प्रमुख अतिथि राष्ट्रिय सहकारी बंैकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाँई रहेका थिए ।

साधारण सभाको उद्धघाटनशस्त्रमा स्वागत मन्तव्य दिदैँ क्लबका उपाध्यक्ष एंवम् निग्लाशैनी बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत प्रेम सिंह भाटले सहकारी सघं सस्थाहरुको हक हितका लागी क्लब गठन गरीएको बताए । उनले सहकारी सघं\सस्थाहरुका बिच सम्बन्ध कायम गरी महिला सशक्तिकरण, क्षमता अभिवृद्वि वित्तिय साक्षरतासहितका साझा उद्देश्य प्राप्तीका लागि क्लब गठन गरिएको बताए ।


त्यस्तै उदयदेव बहुउद्देशीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले क्लबले सहकारीकर्मीको हकहितमा काम गर्नुपर्ने बताए । उनले केही मानिसहरुको बदमासीका कारण सहकारी क्षेत्र बदमान भएको बताउँदै अधिकृत चन्दले क्लबले संस्थागत सुधार र व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि एंव्म राष्ट्रिय सहकारी बैकका सिईओ बद्री गुरागाईले बैकले सहकारी क्षेत्रको विकासका लागि काम गर्ने बताए । साथै सहरकारीको ऋण तथा बचत ब्याजदरका लागि पनि बैंककोतर्फबाट पहल गर्ने उनले प्रतिवद्धता समेत जनाए ।


क्लबको अध्यक्षमा पुनः सेटी


को–अपरेटिभ म्यानेजर्स क्लब कञ्चनपुरको पहिलो साधारण सभाबाट सुनिल सेटी पुन अध्यक्षमा चयन भएका छन् । सेटी दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन भएका हुन । पहिलो साधारण सभा तथा अधिवेसनबाट क्लबको उपाध्यक्षमा राजेन्द्र बहादुर सिंह, सचिवमा मदन राज भट्ट, कोषाध्यक्षमा गणेश बहादुर चन्द र सहसचिवमा कल्पना चापागाई चयन भएको छन् ।

त्यस्तै सदस्यमा मोहन बहादुर चन्द, एक कुमार श्रेष्ठ, लक्ष्मी सविना कुमारी सेटी, शरद चन्द्र पाण्डेय, र कर्ण बहादुर धामी चयन भएको छन् । क्लबका अध्यक्ष सेटीले सहकारीकर्मीको साझा हकहितका लागि काम गर्ने बताए । उनले क्लबलाई कुनै संस्था, पार्टी निकट नबनाई निस्वार्थ सहकारीको साझा हकहित, सहकारी शिक्षा, क्षमता अभिवृद्धी लगायतका काम गरिने प्रतिवद्धता समेत जनाएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्