अनाथ बालबालिकालाई खाना खुवाएर मनाईन् नमुना सांसद उपाध्यायले जन्मदिन


महेन्द्रनगर । महङ्गो होटल रेष्टुरेन्टमा गएर खर्चिला जन्म दिन मनाईउने प्रवृति बढीरहेका बेला नमुना युवा सांसद सुदूरपश्चिम प्रदेश सदस्य दिपा उपाध्ययले फरक तरिकाले जन्म दिन मनाएकी छिन् ।
उनले शुक्रबार परेको आफ्नो जन्म दिनको अवसरमा अनाथ बालबालिकालाई खाना खुवाएर जन्म दिन मनाएकी हुन् ।
भीमदत्त नगरपालिका–१४ की स्थानीय उपाध्याय विभिन्न सामाजिक कार्यमा सक्रिय छिन् । महेन्द्रनगरस्थित समाज कल्याण कञ्चन बाल अनाथालयमा रहेका १४ जना बालबालिकालाई उनले मासु भात खुवाएर जन्म दिन मनाएको बताईन् ।
जन्म दिनको अवसरमा अनाथ बालबालिकासँग खुसी साटेर जन्म दिन मनाएको उनले बताईन् । ‘बाल आश्रममा बस्ने बालबालिकालाई यस्तो किसिमको मायाको अभाव हुन्छ ।’ उनले भनिन् । ‘जन्म दिन उनिहरुसँगै मनाउदाँ पाउँदा निकै खुसी लागेको छ ’ साथै जन्म दिनमा फजुल खर्च गर्नु भन्दा समाजिक क्षेत्रमा खर्च गर्नु पर्ने उनको सुझाव छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्