निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीको वार्षिक साधारण सभा: भट्टको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगरमा रहेको निङलाशैनी बहुद्देश्यीय सहकारीको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरमा सहकारीको १२ औँ साधारण सभा सम्पन्न भएको हो । सहकारीका अध्यक्ष दिपक प्रशाद जोशीको सभापतित्वमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका कृषी तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनार प्रमुख अतिथि रहेका थिए ।
साधारण सभामा अध्यक्ष जोशीले वार्षिक प्रतिवेदन पेश गरकेो थिए ।

प्रतिवेदन पेस गदैँ संस्थाको शेयर पुँजी २ करोड ३९ लाख ७९ हजार रहेको उनले उल्लेख गरे । त्यस्तै गत आवमा ३२ करोड ५० लाख लगानी गरेको छ । त्यस्तै सहकारीका प्रमुख कार्यकारी अधिकृत प्रेम सिंह भाटले संस्थाको वार्षीक साधारण सभा भव्यताको साथ सम्पन्न भएको बताए । उनका अनुसार सहकारीको साधारण सभाको अवसरमा असल बचतकर्ता प्रकास भट्ट, उत्कृष्ट बचत ऋण कर्जा उपभोक्ता लक्ष्मी देवी चन्द, महेश जोशी, उत्कृष्ट कर्मचारी तुलसी कलौनी लगायतका सम्मान गरिएको छ ।
त्यस्तै उनले सहकारीले कोरोनाकालमा महाकाली अस्पतालाई ५१ हजार एक सयसहित अन्य सामाजिक क्षेत्रमा पनि सहयोग गरिएको बताए । सहकारीले बचत संकलन, ऋण लगानीसँगै बिउ उत्पादनसहित कृषी क्षेत्रको विकासमा समेत महत्वपुर्ण काम गदैँ आएको छ ।
नयाँ सञ्चालक समितिको अध्यक्षमाः भट्ट

निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीको १२ औँ वार्षिक साधारण सभाबाट सञ्चालक समितिको अध्यक्षमा डम्बर दक्त भट्ट निर्विरोध चयन गरेको छ । त्यस्तै समितिको उपाध्यक्षमा पवनचन्द्र लेखक चयन भएका छन् । भने सञ्चालक समिति सदस्यमा गणेश प्रशाद भट्ट, नरेन्द्र बहादुर चन्द, डा.लक्ष्मण सिंह गठुन्ना, नन्दराम भाट, दिपकराज विष्ट, भागरथी चन्द बोहरा, प्रेमराज अर्याल, चाँदनी पन्त, तर्कराज भट्ट, जानकी पाण्डेय र भावना केसी चयन भएका छन् । त्यस्तै सचिवमा सहकारी कार्यकारी अधिकृतलाई सदस्य सचिवको जिम्मेवारी दिईएको छ । यस वर्षबाट सञ्चालक समितिको संरचनामा परिर्वतन गरिएको अधिकृत भाटको भनाई छ ।
त्यस्तै साधारण सभाले दुर्गादत्त भट्टको संयोजकत्वमा दुई सदस्यीय लेखा समिति चयन भएको छ जसमा चक्र बहादुर चन्द र उद्दव देव भट्ट सदस्यमा चयन भएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्