वृक्षारोपण, सरसफाई र मास्क वितरण गरेर कञ्चनपुरमा मनाईयो ६६ औँ प्रहरी दिवस

महेन्द्रनगर । नेपाल प्रहरीको ६६ औँ प्रहरी दिवस कञ्चनपुरमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । आईतबार नेपाल प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय महेन्द्रनगरले वृक्षारोपण, सरसफाई र मास्क वितरण गरेर दिवस मनाएको हो ।

दिवसका अवसरमा भीमदत्त नगरपालिका–४ बसपार्कमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोरोना महामारी सम्बन्धि सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो । जसमा तपाईको मास्क खै अभियान पनि सञ्चालन गरिएको थियो ।


महेन्द्रनगर बसपार्क लगायत आसपासका क्षेत्रमा मास्क प्रयोगको आवश्यकता तथा प्रयोग भए÷नभएको निरीक्षण र मास्क नलगाएकालाई प्रहरीले मास्क वितरण पनि गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि संघीय प्रहरी ईकाइ धनगढीका एसएसपी जनकराज पाण्डेय रहेका थिए ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिवसकै अवसरमा ‘एक प्रहरी, एक विरुवा’ अभियान अनुसार वृक्षारोपण र सरसफाई कार्यक्रम पनि आयोजना गरिएको जनाएको छ । कोरोना महामारीबाट बच्न मास्क अनिवार्य प्रयोग गर्नु पर्ने लगायत संक्रमणबाट बच्न अपनाउनु पर्ने कुराहरुको बारेमा प्रहरीले कार्यक्रममार्फत सचेतना फैलाउन सक्रिय भएको हो ।


यस्तै कार्यक्रममा कञ्चनपुर प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्बेदी, उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल, होटल व्यवसायी संघका अध्यक्ष जगदिश भट्ट, सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव बिमल खडायत, पवनदुत यातायात प्रालिका कोषाध्यक्ष कृष्ण पन्त लगायत, व्यवसायी, मजदुर, प्रहरीको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्