मन्त्रालय भागबण्डामा नेकपा(एस)को असन्तुष्ट, संख्या थप्‍न र परिमार्जन गर्न माग

काठमाडौँ — नेकपा(एस)ले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै संख्या थप्‍न र मन्त्रालय परिमार्जन गर्न माग गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकमा मन्त्रालयको संख्या कम भएको निष्कर्ष निकाल्दै त्यसबारे सत्ता गठबन्धनमा कुरा राख्ने निर्णय गरेको नेता विरोध खतिवडाले जानकारी दिए ।


बैठकमा मन्त्री संख्या ५ र एक राज्यमन्त्री पाउनुपर्ने कुरा उठेको खतिवडाले बताए । बैठकपछि अध्यक्ष माधवकुमार नेपाल बालुवाटार गएका छन् । बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्न लागेको छ । सत्तारुढ दलको मन्त्रालय भागबण्डा गर्दा नेकपा(एस)को भागमा ४ मन्त्रालय परेको छ । नेकपा (एस)ले आफ्नो पार्टीबाट बन्‍ने मन्त्रीको नाम छान्न अध्यक्ष नेपाललाई जिम्मेवारी दिएको छ ।
सत्ता गठबन्धनको बैठकमा प्रदेश १ र वाग्मती प्रदेश सरकारको नेतृत्वको टुंगो पनि लगाउने तयारी भएको खतिवडाले जानकारी दिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्