भीमदत्तद्धारा नियमित बजार अनुगमनः म्याद नाघेका खाद्यवस्तु छ्यापछयाप्ती

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले बजार अनुगमनलाई नियमित रुपमा अघि बढाएको छ । नगरपालिकाले सोमबारबाट सुरु गरिएको बजार अनुमगन मंगलबार र बुधबार पनि जारी राखेको हो । चाडपर्वको अवसरमा हुने सक्ने कालो बजारी र मुल्य वृद्धीलगायत कानुन सम्मत व्यवसाय सञ्चालन रहे\नरहेको कुरालाई लक्षीत गदैँ स्थानीय बजार अनुगमन गरिएको हो ।


भीमदत्त नगरपालिकाका प्रशासकीयय अधिकृत सुवास अधिकारीले कानुन सम्मत व्यवसाय सञ्चालन रहे\नरहेकोबारे बजार अनुगमन गरिएको बताए । उनका अनुसार बजार अनुगमन निर्देशिका–२०७४ बमोजिम महेन्द्रनगर बजारको गल्ली नम्बर १ र सब्जीमण्डी, वडा नम्बर २ र १९ लगायतको क्षेत्रमा किराना तथा खाद्य पसल, मिठाई पलस, मासु पसल र हार्डवयर पसलमा समेत नगरपालिकाले छड्के अनुगमन गरेको हो ।


अनुगमनका क्रममा नगरपालिकामा दर्ता नगरेको, व्यवसाय नविकरण नगरेको, मुल्य सुचि नराखेको , म्याद नाघेका खाद्य सामाग्री राखेको पाईएको प्रशासकीय अधिकृत अधिकारीले बताए । मंगलबार अनुगमनका क्रममा सब्जीमण्डीस्थित न्यु शुभम् जनरल स्टोर र न्यु विष्ट किराना पसलबाट म्याद नाघेका खाद्य सामाग्री बरामद गरिएको छ ।

‘खाद्य तथा किराना सपलहरुमा म्याद नाघेका खाद्य पदार्थ पाईएपछि बरामद गरेको छौँ ।’ प्रशासकीय अधिकृत अधिकारीले भने ‘अधिकांश पसलहरुमा म्याद नाघेका खाद्य वस्तु विक्री वितरणका लागि राखिएको देखियो, उहाँहरु म्याद नाघेका वस्तुबिक्री वितरण नगर्न निर्देशन दिएका छौँ ।’ त्यस्तै नविकरण नगरेका तथा राजस्व नतिरेका व्यवसायलाई कानुनी प्रक्रिया अन्र्तगत सञ्चालन गर्न निर्देशन दिईएको र अटेरी गरे कार्वाही समेत अघि बढाईने उनको भनाई छ ।


व्यवसाय नियमन र उपभोत्ता हितका लागि बजार अनुगमन गरिएको बताउँदै प्रशासकीय अधिकृत अधिकारीले भन्नभयो ‘नगरपालिकाले बेला९बेलामा छड्के अनुगमन गदैँ आएको छ । यसले कालो बजारी, मुल्य वृद्धी नियन्त्रणसँगै उपभोक्ताको हकहितमा पनि टेवा पुग्ने अपेक्षा लिएको छौँ ।’ साथै कतिपय व्यवसायीले राजस्व नतिरि व्यवसाय सञ्चालन गरिरहेको पाईएकाले अनुगमनपछि आन्तरिक आयमा समेत वृद्धी हुने अपेक्षा गरिएको छ ।

नगरपालिकाले बेलाबेलामा स्थानीय बजार अनुगमन गर्दै आएकोमा यसलाई अझै निरन्तरता दिईने नगरपालिकाले जनाएको छ । बजार अनुगमनमा भीमदत्त नगरपालिकाको टोलीसँगै वडा प्रहरी कार्यालय, उद्योग वाणिज्य कञ्चनपुर, उपभोक्ता हित मञ्च लगायत पत्रकार महासंघका प्रतिनिनिधिहरुको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्