अंशु बर्माद्धारा अनाथ बालबालिकालाई दशैँमा कपडा सहयोग

महेन्द्रनगर । टिकटक लाईफ होष्टर अंशु बर्माले अनाथल बालबालिकालाई कपडा वितरण गरेका छन । दशैँको अवसरमा टिकटिककर्मी बर्माले भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको महाकाली बाल अनाथालयमा बालबालिकालाई कपडा वितरण गरेका हुन ।

बिहीबार एक कार्यक्रमका बिच बर्माले अनाथ बालबालिकालाई एक–एक जोर लुगा कपडा सहयोग गरेका हुन् । टिकटकको कमाईबाट अनाथ बालबालिकालाई दशैँमा नयाँ लुगा सहयोग गरेको उनले बताए ।

उनका अनुसार २९ जना बालबालिकालाई कपडा वितरण गरिएको हो । यस अघि पनि उनले विभिन्न सामाजिक क्षेत्रका असहाय नागरिकलाई खाद्यान्न तथा कपडा वितरणमा उनले सहयोग गदैँ आएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्