स्वास्थ्य अवस्था राम्रै रहेकी सुत्केरीकाे कसरी भयाे महाकाली अस्पतालमा मृत्यु !

महेन्द्रनगर । कञ्चनपुरको महाकाली अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएको छ । गयराती बेदकोट नगरपालिका ९ सुन्दरपुरकी २४ बर्षिया भागरथी धामी(साउद)को मृत्यु भएको हो ।
मृतक पक्षले अस्पतालका चिकित्सकको लार्पबाहीका कारण भागरथीको मृत्यु भएको आरोप लगाएका छन । मृतका श्रीमान जितेन्द्र धामीले राम्रो अवस्थामा सुत्केरी हुन अस्पताल ल्याएपनि चिकित्सवको लार्पबाहीले श्रीमतीले अकालमै ज्यान गुमाउनु परेको बताए । ‘श्रीमतीको अवस्था ठिकै थियो, ‘उनले भने, ‘दुई दिन अघि मात्रै भिडियो एक्सरे गर्दा बच्चा र आमा दुवैको अवस्था ठिकै रहेको थियो ।’ मृतक पक्ष भन्छ, चिकित्सकको लार्पबाहीको भागरथीले अकालमै ज्यान गुमायो जनाएको छ ।
शुक्रबार बिहान श्रीमतीको कम्मर दुखेपछि अस्पताल ल्याएको बताउदै उनले अस्पतालमा पुग्दा व्यथाले च्यापेपछि सुत्केरी कक्षमा भर्ना गरिएको बताए । ‘सुत्केरी कक्षमा फरक फरक चिकित्सक एव स्वास्थकर्मीले कहिले ठिक बताउदै कहिले अवस्था नाजुक भएको बताउँदै आए, ‘उनले भने, ‘मलाई स्पष्ट कुरा नै बतानन्, एक्कासी मृत्यु भएको खबर गरे ।’ सल्यकृयाबाट शिशुलाई बाहिर ल्याएसंगै भेन्टिलेटरमा राखेपछि आफुलाई बाँच्ने आश मरेको बतादै , चिकित्सकले शुरुमै सहि नबताएको दुखेसो पोखे । महाकाली अस्पतालका निमित्त मेसु डा. हरि कुमार श्रेष्ठले महिलाको शरिरमा पानीसंगै रगत मिसिएको बताउदै, पाठेघरबाट साल छुटिएर आएको बताए ।
उच्च प्रेसर र अक्सिजन अभावका कारण महिलाको मृत्यु भएको बताए । उनले चिकित्सक स्वास्थ्यकर्मीको टोलीले हरप्रयास गर्दा समेत बचाउन नसकिएको बताए । मृतक पक्षले उपचारका लार्पबाही गर्ने चिकित्सक एव स्वास्थ्यकर्मीमाथि कार्बाहीको माग राख्दै शव नबुझ्ने अडान दिदै आएका थिए । अन्तत, मृतक पक्ष र अस्पतालविच सहमती भएपछि मृतक पक्षले शव बुझेका थिए । बेदकोट नगरपालिका ९ का वडाध्यक्ष रामसिह धामीले मृतक सुत्केरी महिलाबाट जन्मेकीका शिशुको १८ बर्षसम्म अस्पतालको निःशुल्क उपचार गर्ने, क्षतिपूर्तिका लागि पहल गर्ने, अबउपरान्त यस्ता घटना नदोहोरिने सहमती भएको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक सिह भण्डारीले दुखत घटना भएकाले मृतक पक्षले स्वयम जिम्मेबार हुनुपर्नेमा जोडदिएका छन । मृतक पक्षले न बढि न कम उमेरमा सुत्केरी हुँदा समेत लार्पबाहीका कारण सुत्केरी महिलालाई मुत्युको मुखमा पु¥याएको बताएका छन । सुधार हुँदै गएको कञ्चनपुरको महाकाली अस्पताल केही घटनाले फेरी पुरानै अवस्थामा फर्किने स्थानीयले चिन्ता व्यक्त गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्