महेन्द्रनगर । बेमौसमि वर्षाका कारण महाकालीमा आएको बाढीले नदी तटिय क्षेत्रमा ठुलो क्षत्री पु¥याएको छ । कञ्चपुर निवर्नचन क्षेत्र नम्बर ३ का संघिय सांसदद्धय निरुदेवी पाल, डा. दिपक प्रकाश भट्ट र नगर प्रमुख सुरेन्द्र विष्ट लगायतको टोलीले निरन्तर बाढी प्रभावित क्षेत्रको अनुगमन कार्य जारी राखेका छन् ।
शनिबार भीमदत्त नगरपालिका वडा नम्बर ९ स्थित खल्ला मसेट्टी क्षेत्रमा संघिय महिला तथा बालबालिका तथा सामाजिक समितिकी सभापती समेत रहेकी सांसद पाल, सांसद डा. दिपक प्रकास भट्ट, र भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्ट लगायतको टोलीले बाढी प्रभावितहरुको घरदैलोमा पुगेर स्थलगत अनुगमन गर्नुका साथै त्यहाँको समस्याबारे जानकारी लिएका छन् । उक्त टोलीले निरन्तर बाढी प्रभावित स्थानीयहरुको राहत तथा उद्धारमा समेत खटिएकोमा अहिले स्थलगत अनुगमनमा जुटेको हो ।

नगर प्रमुख विष्टले बाढीपछि स्थानीयको समस्या बुझ्न संघिय सांसदसहितको टोलीले स्थलगत अनुगमन गरेको बताए ।
उनका अनुसार बाढीले स्थानीयको अन्नबालीमा क्षती पु¥याउनुका साथै जग्गा समेत कटान गरेको पाईएको छ । सडक अवरुद्ध भएपछि दुई घण्टा पैदल हिडेर उक्त टोली खल्ला मसुट्टी पुगेको हो ।

स्थानीय तहको सरकार बनेपछि पहिलो पटक सञ्चार, विद्युत र यातायातको सुविधा पुगेका खल्ला, मसेट्टी र टुडिखेलमा सेवा अवरुद्ध बनेको छ । बाढीका कारण अवरुद्ध बनेको सेवा पुनः सुचारुका लागि नगरपालिकाले अन्य निकायसँग पनि पहल गर्ने नगर प्रमुख विष्टले बताए । उनका अनुसार बह्मदेव–खल्ला जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन काम सुरु भईसकेको छ ।

साथै अनुगमन टोलीले महाकाली बाढीको भेलमा फसेर हेलिकप्टरमार्फत उद्धार गरिएका ५ स्थानीयसँग पनि भेटघाट गरेको छ । महाकाली दोभानमा फसेका उनिहरुको जन प्रतिनिधि र स्थानीय प्रशासनको पहलमा नेपाली सेनाले उद्धार गरेको थियो । ‘बाढी प्रभावितलाई नगरपालिकाकोतर्फबाट सक्दो सहयोगका लागि हामी प्रतिवद्ध छौँ ।’ नगर प्रमुख विष्टले भने ‘थप क्षतीपुर्ती र राहतका लागि केन्द्र र प्रदेश सरकारसँग पहल गरिरहेका छौँ ।’

त्यस्तै संघिय समिति सभापति एंव सांसद पालले बाढी प्रभावितलाई तत्काल राहत र व्यवस्थापनका लागि सरकारसँग पहल गरिने बताईन् । बाढी प्रभावित स्थानीयले राहत तथा क्षतीपुर्तिको मा गरेका छन् । भने सडक, सञ्चार र विद्युत सेवा तत्काल सञ्चालनका लागि पनि आग्रह गरेका छन् ।


