विद्यालय सुधारका लागि शिक्षकलाई जिम्मेवारी बाँडफाड

महेन्द्रनगर । कञ्चनपुरको एक सामुदायिक विद्यालयले शैक्षिक गुणस्तरवृद्धिका लागि शिक्षकलाई विभिन्न जिम्मेवारी दिएको बाँडफाड गरेको छ । भीमदत्त नगरपालिका १९ बागफाँटास्थित लक्ष्मी माध्यामिक विद्यालयले शिक्षकलाई विभिन्न जिम्मेवारी गरेको हो ।


विद्यालयका प्रधानाध्यापक प्रमानन्द नाथले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँग चौतर्फी विकासका लागि शिक्षकलाई जिम्मेबारी बाँडफाड गरिएको बताए । उनका अनुसार शिक्षक प्रेम प्रकास जोशी र कृष्ण बहादुर शाहलाई सहायक प्रअ नियुक्त गरिएको छ भने टेकराज भट्ट माध्यामिक तह संयोजक, दिलिपक भण्डारी आधारभूत(६–८), विमला भट्टलाई आधारभूत(१–५), हिरा जोशीलाई विद्यालय समुदाय सम्बन्ध सुधार संयोजक, ज्योति बोहरालाई जुनियर रेडक्रस सर्कल शिक्षक नायक, गिता बम ईको क्लब, रामदत्त विष्ट अतिरिक्त खेल संयोजक, दिलिप भण्डारी खेलकुद संयोजक, दिवा खाजा कार्यक्रम हरि कुमार पाण्डे र बाल क्लब संयोजक लक्ष्मी बाह(बम)लाई जिम्ेमबारी दिएको छ ।

विद्यालयमा खुवाईने दिवा खाजा थप व्यवस्थापन गर्ने, पठन पाठनलाई नियमित र प्रभावकारी बनाउन शिक्षकले मिलेर कामकाज गर्ने, शिक्षक र विद्यार्थी तोकेको पोषाक अनिवार्य गर्ने, शिक्षक कर्मचारीको परिचय पत्र बनाउनेदेखि मासिक शिक्षक कर्मचारी कोष स्थापना गर्ने निर्णय समेत विद्यालयले गरेको छ ।
सामुदायको सहयोगमा शिक्षकले जिम्मेवारी पुर्ण पालना गरेका सामुदायिक विद्यालयको स्तर सुधार गर्न सकिने प्रअ नाथको भनाई छ । शिक्षक नाथले केही दिन अघि मात्रै लक्ष्मी माविको प्रअको जिम्मेवारी समालेका हुन ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्