भीमदत्त र निड्स नेपालको सहकार्यमा बाढी पिडितलाई राहत सहयोग

महेन्द्रनगर १० कार्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिकाले बाढी पिडितलाई राहत वितरण गरेको छ । नगरपालिकाले निड्स नेपालसँगको सहकार्यमा खाद्य तथा गैर–खाद्य राहत सामाग्री सहयोग गरेको हो । बुधबार भीमदत्त नगरपालिका–१२ का दुई सय घरपरिवारलाई राहत वितरण गरिको हो ।

असोज ३१ देखि तीन दिन लगातार परेको बेमौसमी वर्षाका कारण महाकालीको बाढी पसेर वडा नम्बर १२ को विष्णु, बैजनाथ र श्रीनाराण टोल उच्च डुबानमा परेका थिए । भीमदत्त नगरपालिकाकी कार्यपालिका सदस्य गिता ओलीले महाकालीमा आएको बाढीका कारण डुबानमा परेको बस्तीका स्थानीयलाई राहत वितरण गरिएको बताईन् ।
उनका अनुसार नगरपालिकाले खाद्य सामाग्री र निड्स नेपालले गैर खाद्य सामाग्री संयुत्त रुपमा बाढी पिडितलाई वितरण गरेको हो ।

नगरपालिकाले वितरण गरेको खाद्य समाग्रीमा २५ केजी चामल, तीन केजी दाल, दुई लिटर तेल र एक केजी नुन रहेको छ । त्यस्तै गैर खाद्य सामाग्रीमा सरसफाई किट, त्रिपाल, पि–फर्म, बाल्टीन रहेको छ ।

निड्स नेपालकी अध्यक्ष अञ्जु जोशीले भट्टले बाढी प्रभावितको जनजीवन सहज बनाउने उद्देश्यका साथ राहत वितरण गरिएको बताए ।

उनका अनुसार स्थानीय तहसँगै सहकार्य र युनिसेफको सहयोगमा राहत वितरण गरिएको हो । बिहिबार वडा नम्बर १३ का बाढी प्रभावितलाई राहत वितरणको योजना रहेको अध्यक्ष भट्टको भनाई छ । निड्सले बाढीपछि खोज,उद्धारसँगै राहतमा वितरणमा सहयोग गदैँ आईरहेको छ ।

भीमदत्त–१२ का वडाध्यक्ष कृष्ण देउवाले सबै बाढी पिडितलाई राहत वितरण गरिने बताए । उनले बाढी डुबानका कारण समस्यामा परेका स्थानीय खाद्य तथा गैर खाद्य सामाग्री सहयोग गरिएको बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्