केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्री सेल्सियसमा पु¥याउछौं: प्रेम आले

महेन्द्रनगर- सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले एमालेभित्र पकेटमारले प्रवेश पाएको बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इंकित गर्दै आलेले यस्तो बताएका हुन्।
कञ्चनपुरमा आयोजित नेकपा (एकीकृत समाजवादी)को विस्तारित बैठकमा सम्बोधन गर्दै आलेले भने, ‘माधव कमरेडले बनाएको घरमा पकेटमार छिरेको छ। एउटा पकेटमारका कारणले कम्युनिष्ट आन्दोलन धरासायी अवस्थामा पुगेको छ।’
उनले केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्री सेल्सियसमा पुगाउने बताए। ‘केपी ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्री सेल्सियसमा पुगाउछौं। त्यसपछि उहाँले आफ्नो नाम गिनीज बुकमा लेख्नुहुन्छ।’
उनले सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि वर्तमान सरकार सक्रिय भएर लागेको बताए। मन्त्री आलेले अबको दुई वर्षभित्र महेन्द्रनगरको मझगाउँ विमानस्थल सञ्चालन गर्ने पनि दाबी गरे।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्