दोधारा चाँदनी नगरका सबै वडामा एमाले वडा कमिटी चयन

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका सबै वडामा एमालेका वडा कमिटी अध्यक्ष चयन गरिएका छन् । शुक्रबार वडा अधिवेशनमा दोधारा चाँदनीका १० वडामा सर्वसम्मत अध्यक्ष सहित वडा कमिटी चयन गरिएको छ ।
दोधारा चाँदनी नगरपालिका १ को वडा अध्यक्षमा गोबिन्द धानुक चयन गरिएका छन् । उनी स्थानीयत तह निर्वाचतमा वडा सदस्य निर्वाचित भएका थिए ।
वडा नं. २ मा राजेन्द्र भट्ट, ३ मा हर्कमान श्रेष्ठ, ४ मा पृथ बहादुर शाही र ५ मा मोहन बहादुर चन्द वडा कमिटी अध्यक्ष भएका छन् । भीम बहादुर आले वडा नं. ६ अध्यक्ष भएका छन् ।
दोधारा चाँदनी ७ को अध्यक्षमा तिल बहादुर सुनार, ८ मा हरि बहादुर खडका, ९ मा गोपीलाल कँडेल र १० को अध्यक्षमा हिमाल कडायत वडा कमिटी अध्यक्ष भएका छन् । वडा कमिटी अध्यक्ष कँडेल स्थानीय तह निर्वाचनबाट निर्वाचित वडा सदस्य हुन् ।
एमाले नगर कमिटी अध्यक्ष किशोर कुमार लिम्बुले सबै वडामा सर्वसम्मत कमिटी चयन गरिएको बताए । एमालेको दोधारा चाँदनी नगर कमिटीले यस अघि पार्टी एकतालाई जोड दिदैं गुटगत राजनीति नगर्ने घोषणा गरेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्