ENGLISH

‘चुच्चे नक्सा छाप्दा प्रचण्ड–माधवको छाती चिरियो, कम्फरटेबल सरकार बनाउछौं भन्दै लम्पसार परे’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा समेटेर आफ्नो सरकारले देशको नक्सा जारी गरेपछि आफूविरुद्ध प्रचण्ड–माधवले कांग्रेस र विदेशीसँग साँठगाँठ थालेको दावी गरेका छन् ।
एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नक्सा जारी गर्दा भारतसँग सम्बन्ध बिगार्यो भनेर आफूमाथि आरोप लगाइएको बताए । उनले ती व्यक्तिहरुमा लेण्डुप दोर्जे मानसिकता रहेको समेत टिप्पणी गरे।
ओलीले भने– जब नक्सा छापियो, यिनको मुटुमात्र होइन सिंगै छाति चिरियो,कलेजो फोक्सो फुत्त बाहिरि निस्कियो । केपी ओलीले बाह्य सम्बन्ध बिगार्यो भने । त्यसो भए । हाम्रो जमिन छाडेर सम्बन्ध सुधार्ने ? हामीले नक्सा छाप्दा सम्बन्ध बिगार्यो भन्नेहरु लेण्डुप दोर्जे मानसिकताका हुन् । तिनै व्यक्ति केपी ओलीलाई हटाएर हामी कम्फरटेबल सरकार बनाउँछौ भन्दै हामीलाई देऊ भनेर लम्पसार परे ।
अहिलेको सरकार र गठबन्धनको राष्ट्रवाद महाकालीको तुइन प्रकरणमा देखिएको भन्दै ओलीले जयसिंह धामीलाई तुइट काटेर बगाइदा गृह मन्त्रालयमार्फत भारतको विरोध नगर भनेर धम्की दिइएको ओलीले बताए ।
म अस्पताल जाँदा यिनको अनुहार चम्किन्छ
अध्यक्ष ओलीले प्रचण्ड–माधव लगायत अहिलेको सत्ता गठबन्धनका नेताहरुको काम केपी ओली,केपी ओली भन्दै धारे हात लाउने बाहेक अरु केही नरहेको टिप्पणी गरे । ओलीले आफू अस्पताल जाँदा प्रचण्ड–माधवको अनुहारमा चमक देखिने र फर्केर आउँदा अँध्यारो हुने गरेको सुनाए ।
ओलीले भने– म अस्पताल गएँ भनेपछि नियीहरुको चेहरा उज्यालो हुन्छ । सय वाटको बत्ति बले जस्तो । अस्पतालबाट डिस्चार्ज भयो रे भनेपछि झ्याप्प बत्ति निभेजस्तो हुन्छ । यिनीहरुको राजनीति त्यति हो । एमाले कसरी कमजोर पार्न सकिन्छ,कसरी सिध्याउन सकिन्छ त्यही हो नियहिरुको राजनीति ।

 
मितजी TV
Video thumbnail
Happy Dashain from CDO of Kanchanpur | प्रमुख जिल्ला अधिकारीको शुभकामना सन्देश ।
01:45
Video thumbnail
दशैं तिहार सुरक्षित ढंगले मनाऔं - मन्त्री लाल बहादुर खड्का
01:43
Video thumbnail
एमसीसी पूर्ण रुपमा खारेज गर्न माग गर्दै धनगढीमा प्रर्दशन | Protest against MCC in Dhangadhi
04:54
Video thumbnail
भारतबाट गड्डाचौकी नाका भई नेपाल फर्कनेको संख्या बढ्दो क्रममा
01:46
Video thumbnail
नेपाल शिक्षक संघ कञ्चनपुर र नेपाल प्रहरी बीच भिमदत्त नगरपालिका परिसर भित्र झडप
05:52
Video thumbnail
नेपाल रेडक्रस सोसाइटि, कन्चनपुरका अध्यक्ष मनोज प्रसाद उप्रेती ज्युको सन्देश | RedCross Kanchanpur
02:52
Video thumbnail
कञ्चनपुर अन्तरिक राजस्व कार्यालय प्रमुख पुस्कर न्यौपाने ज्युको सन्देश | IRD Kanchapur
01:50
Video thumbnail
कन्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेय ज्युको सन्देश | CDO of Kanchanpur
01:39
Video thumbnail
महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्ण दत्त जोशी (Boxer) को सन्देश | #MitjeeMedia #COVID19
02:24
Video thumbnail
बन्यजन्तु मैत्री विकास निर्माण गर्न अत्यन्त जरुरी। तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती
05:47

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्