भीमदत्त–७ मा वडा स्तरिय कबड्डी प्रतियोगिता शुरु, नगर प्रमुख विष्टद्धारा उद्धघाटन


महेन्द्रनगर १३ कार्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिका ७ हल्दुखालमा वडा स्तरिय कबड्डी प्रतियोगिता शुरु भएको छ । शनिबारदेखि भीनपा ७ वडा कार्यालय र दिपज्योति क्लबको आयोजनामा वडा स्तरिय कबड्डी प्रतियोगिता शुरु भएको हो । उक्त प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका छन् । जसमा प्रथम पुरुस्कार २५ हजार द्वितिय १५ हजार तितिय र चौथो हुने टिमलाई ७ हजार ५ सय राखिएको छ ।

भीमदत्त नगरका नगर प्रमुख सुरेन्द्र विष्टले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । उहाँले प्रतियोगिताको उद्धघाटन गर्दै खेल क्षेत्रको विकासमा नगरका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा भीनपा ७ का वडाध्यक्ष शंकर कुँवरले खेल क्षेत्रकोे विकासका लागि संयुक्त रुपमा प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।

प्रतियोगिताको उद्घाटनकै दिन भीनपा ७ ले विजयी शुरुवात भएको छ । भीनपा ७ ले १८लाई हराउँदै विजयी शुरुवात गरेको हो । भीनपा ७ ले ६१ र भीनपा १८ले १५ अंक ल्याएका थिए । कुल १२ टिम सहभागि रहेको प्रतियोगिता १५ कार्तिकसम्म संचालन हुने छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्