भीमदत्तमा वडास्तरिय क्रिकेट प्रतियोगितामा वडा नम्बर १३ टिम विजयी

भीमदत्तलाई खेलकुदमैत्री नगरपालिकाको रुपमा विकास गदैँछौँः नगर प्रमुख विष्ट

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ले आयोजना गरेको तेस्रो वडास्तरिय टि–२० क्रिकेट प्रतियोगिता सम्पन भएको छ । बिहिबार सम्पन्न प्रतियोगिताको उपाधि वडा नम्बर १३ ले जितेको छ । फाईनल खेलमा वडा नम्बर ५ लाई परिजित गदैँ वडा नम्बर १३ ले उपाधि जितको हो ।


१५ ओभरमा ८९ रन लक्ष्य पन्छ्याएको वडा नम्बर १३ ले खेलमा वडा नम्बर ५ लाई परिजित गदैँ उपाधि जित्यो । १५ ओभरमा ८९ रन लक्ष्य पन्छ्याएको वडा नम्बर ५ ले पुरै ओभर खेल्दैँ ८८ रन मात्रै बनायो । वडा नम्बर १३ ले वडा नम्बर ५ माथि १ रनको रोमाञ्चक जित निकालेको हो ।

प्रतियोगिताको बिजेता बनेसँगै वडा नम्बर १३ ले एक लाख ११ हजार एक सय ११ रुपयाँ नगद, ट्रफी, प्रमाण पत्रसहित खसि समेत उपहार पाएको छ । भने उप विजेतामा चित्त बुझाएको वडा नम्बर ५ ले ५५ हजार पाँच सय ५५ रुपया नगद, ट्रफी र प्रमाणपत्र हात पारेको छ । उक्त नगद, टफी र प्रमाणपत्र नगर नगर प्रमुख सुरेन्द्र विष्टले हस्तान्तरण गरे । वडा नम्बर १२ ले जनसेवा युवा समाजसँगको साझेदारीमा प्रतियोगिताको आयोजना गरेको हो ।


भीमदत्त नगरपालिका एक वडा एक खेलकुद कार्यक्रम अन्र्तगत विभिन्न प्रतियोगिता गदैँ आईरहेको छ । वडा नम्बर १२ ले तेस्रो पटक वडास्तरिय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो ।


म्यान अफ द सिरिज किरण

वडा नम्बर १६ बाट प्रतियोगितामा सहभागिता जनाएका किरण ठगुन्ना म्यान अफ द सिरिज बनेका छन् । उनि प्रतियोगिताको बेष्ट बोलर समेत बनेको छन् । सेमिफाईनलमा पराजित भएको उनको टिमका लागि किरणले प्रतियोगितामा ११ विकेट र १४५ रनको योगदान गरेका थिए । त्यस्तै प्रतियोगितामा वेष्ट ब्याट्स म्यान सोनु विष्ट, वेष्ट क्याच गर्नेमा टेकेन्द्र भट्ट र उदयमान खेलाडी चन्द्रदेव विष्ट बनेका छन् ।

भीमदत्तलाई खेलकुदमैत्री नगरपालिकाको रुपमा विकास गदैँछौँः नगर प्रमुख विष्ट
प्रतियोगिता समापन कार्यक्रममा बोल्दैँ नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्तलाई खेलकुदमैत्री नगरपालिकाको रुपमा अघि बढाएको बताए । उनले नगरपालिकामा विभिन्न खेलकुदका पुर्वाधार निर्माणसँगै प्रतियोगिताको आयोजना गरि खेल क्षेत्रका विकास भईरहेको बताए ।

उनले भीमदत्त नगरपालिकाका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उर्वर भुमी भएको बताउँदै त्यसको विकासका लागि नगरपालिले योजनाका साथ काम गरिरहेको उल्लेख गरे ।
उनले नगर क्षेत्रबाट राष्ट्रिय तथा अन्र्तराष्टिय प्रतियोगितामा सहभागिलाई नगरपालिले सम्मान समेत गर्ने बताए ।
त्यस्तै वडाध्यक्ष किसन सिंह देउवाले प्रतियोगितालाई सम्पन्न गर्नमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्