दर्शक माझ माेडेल भुपी र मनिषाको ‘यो साँझ’ (भिडीयो सहित)


कञ्चनपुर : पछिल्लो समयमा ब्यापक चर्चामा रहेका मोडल भूपी उपाध्याय को यो साँझ गीत रिलिज भएको छ । गायक अर्जुन बसन्तको आवाजमा रहेको उक्त गीत रिलिज भएको छोटो समयमा नै चर्चामा रहेको हो । अर्जुन बसन्तको संगीत रहेको गीतको भिडिओमा मोडल भूपी उपाध्याय र मनिषा बोहराको दमदार अभिनय देख्न सकिन्छ । अराज केशव फिल्मस प्रा.लि तयार पारिएको भिडिओलाई कमल सुनारले छायांकन गरेका हुन् । आधुनिक बिधामा आधारित रहेको उक्त म्युजिक भिडियो अराज केशव एक्सप्रेस नामक यूटयुव च्यानल मार्फत प्रदर्शनमा आएको हो ।
राष्ट्रिय स्तरका चर्चित मोडल भुपी उपाध्याय द्धारा अभिनय गरिएको आधुनिक गितमा कञ्चनपुरका बिभिन्न पर्यटकिय स्थलहरुमा छायाँकन गरिएको छ । मायाप्रेमको कथामा आधारित उक्त म्युजिक भिडियोले छोटो समयमै चर्चा कमाउन सफल भएको छ । अहिले सम्म ३५ भन्दा बढी म्युजिक भिडियोमा आफनो अभिनयको जादु देखाई सकेका मोडल उपाध्यायले यस म्युजिक भिडियोमा पनि आफनो कलाको राम्रो प्रस्तुती दिएका छन् । यो भन्दा पहिला बिभिन्न देउडा , आधुनिक, गजल, पप क्षेत्रका गितमा अभिनय गरेका उपाध्ययको आगामी म्युजिक भिडियो फुल जस्तै कोमल पनि छिटटै बजारमा आउने भएको छ । कञ्चनपुरको भीमदत्त नगरपािलका १४ बनकटटीमा बस्ने मोडल उपाध्यायले आफुलाई मोडलिङ तथा अभिनयको क्षेत्रमा स्थापित गराउनको लागि निकै मिहिनेत गरिरहेको बताए ।
यो सांझ नामक गितको लागि मोडल उपाध्यायले अभिनयलाई रियल देखाउनको लागि लामो कपाललाई १ बर्स पालेका थिए । गितले मागेपछि आफुले कलालाई जिवन्त देखाउनको लागि भएपनि केही न केही नया देखाउने भएकाले आफनो कपाल पालेर फेरि काटनु पर्ने र कथाको माग अनुसार पनि कपाल पालेर काटेको उनले बताए । कला र मोडलिङको क्षेत्रमा लामो समय देखी सुदूरपश्चिमका बिभिन्न पर्यटकिय क्ष्ोत्रलाई राट्रियस्तरमा चिनाउनको लागि बिभिन्न म्युजिक भिडियोमा अभिनय गरेका उनले अबको निकट भविश्यमा ठुलो ब्यानरको नेपाली फिलिमको तयार पनि गरिरहेको बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्