भीमदत्तको सरसफाई शाखाका कर्मचारीलाई पेशागत स्वास्थ्य सुरक्षाबारे तालिम

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको सरसफाई शाखाका कर्मचारीलाई पेशागत स्वास्थ्य सुरक्षाबारे तालिम दिईएको छ । नगरपालिकाको फोहरमैला व्यवस्थापन कार्यमा संलग्न कर्मचारीलाई पेशागत स्वास्थ्य सुरक्षा र कार्य क्षेत्रमा हुने लैङ्गिक हिंसा सम्बन्धि चेतना अभिवृद्धि गराउन तालिम आयोजना गरिएको हो ।


भीमदत्त नगरपालिका र युएनडिपीको आर्थिक साझेदारीमा निड्स नेपालले सञ्चालन गरिरहेको हरित पुनःस्थापना प्रवर्द्धन परियोजना(पिजिआरपी) अन्र्तगत तालिम दिईएको हो । परियोजनाले नगरको फोहरमैला व्यवस्थापनलाई प्रभावकारी तवरले व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यका साथ काम गरिरहेको छ । निड्स नेपालकी अध्यक्ष अञ्जु जोशी\भट्टको अध्यक्षतामा भएको तालिममा प्रमुख व्यक्ता रुपमा पेशागत स्वास्थ्य सुरक्षा विज्ञ युवराज भट्टले प्रशिक्षण गराउनु भएको थियो ।

भने भीमदत्त नगरपालिकाकि सामाजिक विकास अधिकृत गोमा अवस्थीले कार्यक्षेत्रमा हुने लैङ्गिक हिंसा तथा सामाजिक सवेशीकरणका बारेमा जानकारी गराउनु भएको थियो । नगरपालिकाका वातावरण शाखाका प्रमुख गणेश सिंह ठगुन्नाले नगरपालिकाको समग्र फोहरमैला व्यवस्थापनको लागि कर्मचारीहरुको भूमिका स्पष्ट पार्नुभयो ।


त्यस्तै परियोजना संयोजक केशव राज पन्त ले घरायसी तहमा गर्न सकिने फोहरमैलाको वर्गीकरणका साथै फोहरमैलालाई दिगो व्यवस्थापन गर्नपर्नेमा जोड दिनुभयो । साथै उहाँले फोहरमैला व्यवस्थापनलाई चुनौतीका रुपमा लिने भन्दापनि यसलाई आर्थिक उपार्जन संग जोड्नु पर्ने र त्यसको लागि घरधुरीलाई श्रोतमै फोहरमैला अलग पारि कुहिने फोहर को व्यवस्थापनमा ध्यान दिन सबै लाग्नुपर्ने बताउनु भयो ।

तालिम समापन कार्यक्रममा बोल्दैँ नगर प्रमुख सुरेन्द्र विष्टले हरेक पेशाको आफ्नै गरिमा हुने भएकोले उच्च मनोबलका साथ काम गर्न सरसफाई शाखाका कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले नगरपालिकाको फोहरमैला व्यवस्थापन कार्यमा संलग्न कामदार को स्वास्थ्य बिमा हस्तान्तरण गर्दै नगरपालिकाका कर्मचारीहरुको पेशागत स्वास्थ्य सुरक्षा सम्बन्धि संवेदनशील रहेकोले फोहर मैला व्यवस्थापन कार्यमा संलग्न कामदार स्वयं पनि यस विषयमा सतर्क हुनुपर्ने बताउनुभयो । तालिममा भीमदत्त नगरपालिकाका सरसफाई शाखाका कर्मचारी, निड्स नेपालका प्रतिनिधि र हरित पुनःस्थापना प्रवद्र्धन परियोजनाका कर्मचारीहरु सहित करिव ४५ जना सहभागिता थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्