कञ्चनपुर, २२ कार्तिक।
कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा मंगलबारदेखि खुला भलिबल प्रतियोगिता संचालन भएको छ ।
प्रगति एकता समाजको आयोजनामा बेलडाँडी गाँउपालिका १ सिद्धचोक स्थित सिद्धनाथ आधारभूत विद्यालयको प्राङगामा प्रतियोगिता संचालन भएको हो । प्रतियोगिताको एक कार्यक्रमका विच गाँउपालिका प्रमुख धन बहादुर थापाले उद्घाटन गर्दै खेल क्षेत्रको विकासका लागि प्रतियोगिता सरानिय भएको बताएका छन । गाँउपालिका प्रमुख थापाले खेल क्षेत्रको विकासका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बचन दिए । बेलडाँडी गाँउपालिका १का वडाध्यक्ष अम्मर खत्रीले वडाको खेलकुद विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । गाँउ कार्यपालिका सदस्य लक्ष्मी भट्टले प्रतियोगिताबाट खेल क्षेत्रको विकास हुने आशा व्यक्त गरिन । प्रगति समाजका प्रमुख सल्लाहकार एव सिद्धनाथ आधारभूतका प्रअ धनसिह महराले लामो समयपछि सिद्धचोकमा भलिबल प्रतियोगिता भएको भन्दै खेल क्षेत्रको विकासमा टेवा पुग्ने बताए । प्रगति एकता समाजका सचिव बिरेन्द्र काडायतले १२टिमविच प्रतिस्पर्धा हुने बताए ।
प्रगति एकता समाजका अध्यक्ष धनसिह विष्टले राष्ट्रिय खेलको संरक्षण एव ण्ग्रामिण क्षेत्रको खेलकुद विकास र खेलाडीको उत्साहलाई मध्य नजर गर्दै भलिबल प्रतियोगिता आयोजना गरिएको बताए ।
अध्यक्ष विष्टका अनुसार विजेता टिमलाई नगद ३१ र उप विजेता टिमलाई नगद २१ हजार रुपैया सहित सिल्डट्रफि प्रमाण पत्र दिईने बताए । ‘यो हाम्रो समान्य प्रयास हो, ‘अध्यक्ष विष्टले भने, ‘सानो सानो प्रयासबाट खेलकुद विकास गर्नुपर्छ ।’ प्रतियोगिताको औपचारिक समारोहको समाजका सल्लाहकार आनसिह महराले गरेका थिए । प्रमुख अतिथि गाँउपालिका अध्यक्ष धन बहादुर थापाले प्रमुख रेफ्रि हिमाल विष्टलाई कोटमा भलिबल हस्तान्तरण गरेका थिए । पहिलो दिन भएको प्रतियोगितामा न्यू खप्तड क्लब र ईप्रका बेलडाँडीले जितको शुरुवात गरेका छन । न्यू खप्तड क्लबले प्रगति एकता सिलाई २–० सेटले हराएको थियो । भने ईप्रका बेलडाँडीले न्यू खप्तड क्लबलाई २–० सेटले हराएर विजयी शुरुवात गरेका थिए ।
