भीमदत्त–३ को आधारभुत स्वास्थ्य केन्द्रको भवन उद्धघाटन

महेन्द्रनगर २५ कार्तिक ।
कञ्चनपुरको भीमदत्त नगरपालिको–३ तिलकपुरमा आधारभुत स्वास्थ्य केन्द्रको उद्धघाटन गरिएको छ । बिहिबार नगर प्रमुख सुरेन्द्र विष्टले आधारभुत स्वास्थ्य केन्द्रको भवन उद्धघाटन गरेका हुन् ।
भीमदत्त नगरपालिकाले नगरका सबै वडाबाट स्वास्थ्य सेवा दिने कार्यक्रम अन्र्तगत भवन निर्माण गरिएको थियो । उक्त भवनको नगर प्रमुख विष्टले उद्धघाटन गरेका हुन् । नव निर्मित भवनको उद्धघाटन गर्दै नगर प्रमुख विष्टले सबै नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ नगरपालिकाले काम गरिरहेको बताए ।
साथै भौतिक पुर्वाधार निर्माणले संस्थाको सेवा सम्पादन सहज हुनेभएकोले त्यसका लागि नगरपालिकाले प्राथमिताका साथ काम गरि रहेको समेत उनले बताए । नगरपालिकाले सहरी स्वास्थ्य केन्द्र र आधारभुत स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्य सेवा प्रदान गदैँ आईरहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्