भीमदत्त नगरपालिकाद्धारा ब्लड बैंकका लागि रेडक्रसलाई चार लाख सहयोग


महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ब्लड बैंक सञ्चालनका लागि रेडक्रसलाई चार लाख आर्थिक सहयोग गरेको छ । भीमदत्त नगरपालिकाले वर्षेनि दिदैँ आएको सहयोग अन्तर्गत यस वर्ष पनि एक लाख थप गरि रकम हस्तान्तरण गरेको हो । मंगलबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले रेडक्रस सोसाईटी शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेतीलाई चार लाखको चेक हस्तान्तरण गरेका हुन् ।

भीमदत्त नगरका प्रवक्ता हिमाल चन्दले हरेक बर्ष रेडक्रसलाई रगत बैंक संचालनका लागि नगरपालिकाका तर्फबाट आर्थिक सहयोग गर्दै आएको बताए । ‘नगरवासीलाई निशुल्क र सहज रगतको परिपुर्तीका लागि नगरपालिकाले रेडक्रसलाई सहयोग गदैँ आएको छ ।’ ‘प्रवक्ता चन्दले भने ‘विगतमा वर्षेनी ३\३ लाख सहयोग गरेकोमा यस वर्ष १ लाख थप गरि ४ लाख सहयोग गरेका छौँ ।’


भीमदत्त नगरपालिकाले २०७४ सालदेखि रेडक्रसलाई रगत अभाव हुन नदिनका लागि निरन्तर आर्थिक सहायता गर्दै आएको छ । रगतको अभावले कुनै पनि नागरिक उपचारबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यका साथ सहयोगलाई निरन्तरता दिदैँ आईएको प्रवक्ता चन्दको भनाई छ ।

रेडक्रसलाई चेक हस्तान्तरण गदैँ नगर प्रमुख सुरेन्द्र विष्टले नगरपालिका नागरिकको स्वास्थ्यप्रति संवेदशिल रहेकोले त्यसको सहजताका लाग सहयोग गरिएको बताए । उनले आर्थिक समस्याले कसैले पनि ब्लडबाट बञ्चित नहुन भन्ने उद्देश्यका साथ नगरपालिकाले सहयोग रकमलाई थप बढाएको समेत बताए । नगरपालिकाको सहयोगपछि रेडक्रसले निशुल्क रुपमा बिरामीलाई रगत उपलब्ध गराउदैँ आएको छ ।


चेक ग्रहण गदैँ नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेतीले नगरपालिकाले गरेको सहयोगबाट ब्लड बैंक संचालनमा ठुलो सहयोग पुग्ने बताए । स्थानीय तहले ब्लड बैंकका लागि गर्ने सहयोगमा भीमदत्तले सबैभन्दा बढी रकम उपलब्ध गराउदैँ आएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्