राप्रपाका नेता भन्छन्: पार्टीप्रती जनताकाे आकृषण बढ्दै छ, हाम्रा एजेन्डा स्थापित हुदैँछन्


कञ्चनपुर, कार्तिक ३०
राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिमका नेताहरुले पार्टीप्रती आकृष्ण बढ्दै गएकाे बताएकाे छन्। मंगलबार राप्रपाका नेताहरुले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै पार्टी युवाकाे आकृषण बढ्दै गएकाे बताएका हुन् । साथै पछिल्लो राजनीति घटनाक्रमले वर्तमान व्यवस्था नै विफल भईसकेकाे राप्रपाले उठाएकाे एजेन्डा सहि स्थापित हुदै गएकाे नेताहरुले बताएका छन्। राप्रपा सुप प्रदेशका नव निर्वाचित अध्यक्ष धर्मराज जोशीले पार्टीले जनता चहाना अनुसार हिन्दु धर्म र संवैधानिक राज संस्थाकाे पक्षमा रहेकाे बताए । उनले राज संस्थाले देश र ईतिहास निमार्ण गरेकाे बताउँदै उहाँहरुकाे सम्मान र अभिभावकिय भुमिकामा राज संस्थालाई राख्नु पर्ने बताए । साथै राप्रपाले देशकाे राष्ट्रियता, स्वाभिमान रक्षासँगै विकास र समृद्धिका याेजना अघि सार्ने उनले बताए । त्यस्तै राप्रपाले अगामि राष्ट्रिय महाधिवेशनपछि जनतामाझ पार्टी एजेन्डालाई लग्ने उनकाे भनाइ छ। राप्रपाको राष्ट्रिय अधिवेशन यहि मंसिर ११ १२ १३ मा गर्ने तय भएको छ।
राप्रपा कञ्चनपुरका निर्वतमान अध्यक्ष पूर्ण बहादुर चन्दले पनि वर्तमान विकसित घटनाक्रमले व्यवस्थाकाे विकल्प खाेज्ने बेला आएकाे उल्लेख गर्दै राप्रपाले उठाउदैँ आएका एजेन्डा सत्य सावित हुँदै गएकाे बताए ।
उनले संम्बैधानिक राजतन्त्र र अन्य धर्मलाई समान सहित हिन्दुधर्म पूर्नस्थापनाका लागि पाटीले एजेण्डा अघि सारेको बताए । त्यस्तै गठबन्धन सरकारले संसदलाई पंङ्गाे बनाएकाे र जनता पक्षमा काम गर्न नसकेकाे राप्रपाको ठहर छ ।
साथै राप्रपाका नेताहरुले गत कार्तिक पहिलो साता महाकालीमा आएको वाढीले चार लेन पहुँचमार्ग सडक भत्किएको विषयमा छानबिन हुनुपर्ने माग पनि अघि सारेका छन ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्