कञ्चनपुर-२ बाट पनि एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत: सांसद धामी र मेयर चन्द सहित ६ जना छनाैट

महेन्द्रनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुर क्षेत्र नं. २ निर्वाचन क्षेत्रबाट पनि राष्ट्रिय महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनाैट भएका छन् । मंगलबार खुल्लाबाट ४ जना र २ जना महिलाको नाम टुंगो लागेको हो । प्रतिनिधिका उम्मेदवारले नाम टुंगो लगाउने जिम्मा पार्टी नेतृत्वलाई दिएकोमा लामो छलफलपछि मंगलबार राती अबेरसम्म टुंगो लागेको हो ।
जसअनुसार महाधिवेशन प्रतिनिधिमा सांसद नरबहादुर धामी, बेदकोट नगरपालिका मेयर अशोक चन्द, राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष वचनबहादुर सिंह र जिल्ला उपसचिव रणबहादुर महराको नाम टुंगो लागेको छ । यसैगरी महिलातर्फ लक्ष्मी बुढा र चाँदनी धामीको नाम टुंगो लागेको निर्वाचन समितिले जनाएको छ ।
अशोककुमार चन्द, नरबहादुर धामी, वचनबहादुर सिंह, कृपाराम राना, टेकबहादुर हमाल, जयराज पाण्डेय, रणबहादुर महरा, हिक्मतबहादुर सिंह, रामसिंह धामी, विष्णुदत्त जोशी, मोहन रावल, रमेश भट्ट र लोकेन्द्र विष्टले खुल्लाबाट उम्मेदवारी दिएका थिए ।
चर्चामा रहेका बेदकोट मेयर चन्द निर्वाचन भएतापनि अत्यधिक मतले निर्वाचित हुने चर्चा हुदैँ आएको थियो

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्