ENGLISH

भीमदत्तको ६४ औँ कार्यपालिका बैठक: दुई कार्यविधि पारित, विज्ञ शिक्षक समुह गठन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको ६४ औँ कार्यपालिकाको बैठक सम्पन्न भएको छ । मंगलबार नगरपालिकाको ६४ औँ कार्यपालिका बैठक सम्पन्न भएको हो । नगर कार्यपालिकाको बैठकले कार्यविधि पारित गर्नुका साथै महत्वपुर्ण निर्णय गरेको नगर प्रवत्ता हिमाल चन्दले जानकारी दिए । उनका अनुसार नगरपालिकाले नगद सहायता कार्यविधि र सार्वजनिक सुनवाई सम्बन्धि कार्य विधि पारित गरेको हो ।
नगरपालिकाले विभिन्न क्षेत्रलाई प्रदान गर्ने सहायतलाई व्यवस्थित बनाउन कार्यविधि ल्याईएको हो । कार्य विधिपछि ऋण सहयता, आपतकालीन विपद्मा कोष परिचालनसँगै सार्वजनिक खर्चको पारिदर्शिता र जवाफदेहिता बढाउने प्रवत्ता चन्दको भनाई छ । त्यस्तै पालिकामा हुने सार्वजनिक सुनवाईलाई व्यवस्थित बनाउने कार्यविधि पारित गरेको छ । जसमा कार्यक्रम सञ्चालन विधि, आचारसंहिता, प्रतिवेदन ढाँचा र जवाफदेहिताका विषयहरु समेटिएका छन् ।
विज्ञ शिक्षक समुह गठजन
नगरपालिकाको ६४ औँ कार्यपालिका बैठकले विज्ञ शिक्षक समुह समेत गठन गरेको छ । नगरपालिकाको शिक्षा शाखाले प्रस्ताव गरेका पाँच जनालाई कार्यपालिकाले विज्ञ शिक्षक समुहको सदस्यमा मनोनित गरेको नगर प्रवत्ता चन्दले बताए । समुहमा चार जना शिक्षकलाई विभिन्न विषय विज्ञका रुपमा चयन गरको छ ।

जसमा सरस्वती मावि उल्टाखामका नवराज पन्त, निङ्गलाशैनी मावि गोबरियाका भवानी चन्द, बैजनाथ मावि महेन्द्रनगरका हरिराज विष्ट र महेन्द्र मावि(साधारण)का शिक्षक उमाकान्त भट्टलाई विषय विज्ञ शिक्षकको रुपमा मनोनित गरेको छ । समुहले स्थानीय पाठ्यक्रम विकासलगायत विद्यालयको शैक्षिक स्तर सुधारको लागि आवश्यक सुझाव सल्लाह दिनेछ ।
सडक मर्मत संभार र प्रकोपमा बजेट थप
नगरपालिकाको ६४ औँ कार्यपालिका बैठकले मर्मत संभार र प्रकोप व्यवस्थापनका लागि बजेट थप गर्ने निणर्य पनि गरेको छ । नगरपालिकाले आपतकालिन प्रकोपको लागि १० लाख रुपयाँ विनियोजन गरेकोमा त्यसमा बजेट थप गर्ने निर्णय भएको हो ।

नगर प्रवत्ता चन्दका अनुसार कार्तिक पहिलो साता आएको बेमौसमी बाढी र डुबानका कारण भएको क्षती न्युनिकरणका लागि बजेट थप गर्ने निर्णय भएको हो । ‘बेमौसमी वर्षाले ठुलो क्षति पु¥याएको छ, बाढीले कतिपय बाटोहरु भत्काएको छ ।’ प्रवत्ता चन्दले भने ‘ती सडक मर्मत संभार र अन्य प्रकोप व्यवस्थापनका लागि आवश्यक बजेट थप गर्ने निर्णय गरिएको हो ।’

 
मितजी TV
Video thumbnail
Happy Dashain from CDO of Kanchanpur | प्रमुख जिल्ला अधिकारीको शुभकामना सन्देश ।
01:45
Video thumbnail
दशैं तिहार सुरक्षित ढंगले मनाऔं - मन्त्री लाल बहादुर खड्का
01:43
Video thumbnail
एमसीसी पूर्ण रुपमा खारेज गर्न माग गर्दै धनगढीमा प्रर्दशन | Protest against MCC in Dhangadhi
04:54
Video thumbnail
भारतबाट गड्डाचौकी नाका भई नेपाल फर्कनेको संख्या बढ्दो क्रममा
01:46
Video thumbnail
नेपाल शिक्षक संघ कञ्चनपुर र नेपाल प्रहरी बीच भिमदत्त नगरपालिका परिसर भित्र झडप
05:52
Video thumbnail
नेपाल रेडक्रस सोसाइटि, कन्चनपुरका अध्यक्ष मनोज प्रसाद उप्रेती ज्युको सन्देश | RedCross Kanchanpur
02:52
Video thumbnail
कञ्चनपुर अन्तरिक राजस्व कार्यालय प्रमुख पुस्कर न्यौपाने ज्युको सन्देश | IRD Kanchapur
01:50
Video thumbnail
कन्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेय ज्युको सन्देश | CDO of Kanchanpur
01:39
Video thumbnail
महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्ण दत्त जोशी (Boxer) को सन्देश | #MitjeeMedia #COVID19
02:24
Video thumbnail
बन्यजन्तु मैत्री विकास निर्माण गर्न अत्यन्त जरुरी। तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती
05:47

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्