विपद्को उच्च जोखिममा रहेका सामुदायका महिलालाई नेतृत्व विकास सम्बन्धि तालिम

महेन्द्रनगर । कञ्चनपुरस्थित सामाजिक संस्था निड्स नेपालले विपद्को उच्च जोखिम रहेका सामुदायका महिलालाई मानवीय साहयता नेतृत्व विकास सम्बन्धि तालिम दिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका, दोधराचाँदनी नगरपालिका र बेलडाँडी गाउपालिकाका विभिन्न समुदायका महिलालाई एक दिने तालिम दिईएको हो ।


शनिबार निड्स नेपाल र अक्सफाम नेपालको साझेदारीमा सञ्चालित स्कोप परियोजना अन्र्तगत तालिम आयोजना गरिएको हो । कार्यक्रम संयोजक ईश्वर उपाध्यायले विपद् जोखिम उच्च रहेको सामुदायका महिलाको नेतृत्व क्षमता विकासका लागि तालिम आयोजना गरिएको बताए ।

उनका अनुसार भीमदत्त, दोधाराचाँदनी, बेलडाँडी र पर्शुराम नगरपालिकाका ४० वटा सामुदायमा स्कोप परियोजना सञ्चालन गरिएको छ । परियोजनामार्फत विपद्को जोखिम नियन्त्रणका लागि पुर्व तयारी र खोज तथा उद्धार, योजना तर्जुमा सम्बन्धी जानकारी दिनुका साथै नेतृत्व क्षमताको विकासको काम गरिरहेको भईरहेको उनको भनाई छ ।

त्यस्तै तालिमका प्रशिक्षक एंव्म निड्स नेपालका कोषाध्यक्ष रविन्द्र देवकोटाले तालिमले विपद जोखिम न्युनिकरण र नेतृत्व विकासमा सहयोग पुग्ने बताए । उनले विपदको समयमा सामुदाय नै फन्ट लाईनमा हुने भएकोले सामुदायका नागरिकलाई पुर्व जानकारी र तालिम आवश्यक हुने बताए ।


त्यस्तै तालिमको उद्धघाटनशस्त्रमा बोल्दैँ निड्स नेपालकी अध्यक्ष अञ्जु जोशी भट्टले विपद्को समयमा समुदाय नै सक्रिय हुनुपर्ने बताए । त्यसका लागि सामुदायलाई आवश्यक पुर्व तयारी, जानकारी र नेतृत्वदायि क्षमताको विकास गर्न तालिम उपयोगी हुने बताए । तालिममा तीन स्थानीय तहका विभिन्न सामुदायका महिलाको सहभागिता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्