पार्टी नेतृत्वको पुस्तान्तरणका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारीः नेता साउद


महेन्द्रनगर । कञ्चनपुरको युवा–विद्यार्थी राजनितिमा सक्रिय नाम हो, ईन्द्र साउद । दार्चुलाको दुर्गम क्षेत्र लेकमबाट विद्यार्थी राजनितिबाट नेपाली कांग्रेसमा आवद्ध भएका साउद अहिले सक्रिय युवा विद्यार्थी नेतामा पर्छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का स्थानीय रहेका नेता साउद कञ्चनपुरदेखि दार्चुलासम्म सक्रिय छन् । पार्टी नेतृत्वमा युवा पुस्तान्तरण चाहाने साउद अहिले नेपाली कांग्रेसको १४ औँ महाधिवेषन केन्द्रीय प्रतिनिधिका दावेदारको रुपमा प्रस्तुत भएका छन् ।

‘पार्टीमा बुजुर्वा प्रथा हावि भयो, नयाँ नेतृत्व आउन सकेन् सधै पुरानै नेताको रुलिङ् चलि रहने देखियो ।’ उनले भने ‘मेरो उम्मेद्धवार बन्ने रहर भन्दा पनि बाध्यता हो, हामी जस्तै युवा प्रतिनिधिले मात्रै नेतृत्व परिर्वतन गर्न सक्छन, त्यसैका लागि मेरो उम्मेद्धवारी पनि हो, सबैतिरबाट युवा प्रतिनिधिले स्थान पाउनु पर्छ ।’


उनले कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ बाट केन्द्रीय प्रतिनिधिका लागि उम्मेवारी घोषणा गरेका छन् ।
दार्चुलाको लेकम–१ सर्मोलीमा जन्मीएको साउद गाउँमा नेपाली कांग्रेसलाई स्थापीत गराउने परिवारका सदस्य पनि हुन् । २०६५ सालमा महेन्द्रनगरको फरवेष्ट स्कुल अफ मेडिसिनमा अध्ययनका क्रममा उनले त्यहाँ नेवि संघ गठन गरि संस्थापक अध्यक्षको रुपमा काम गरेर संगठनलाई विस्तार गरे । स्कुलको राजनिति हुदैँ नेता साउद नेवि संघ कञ्चनपुरको जिल्ला राजनीतिमा लागे ।
२०६७ सालपछि उनि नेवि संघ कञ्चनपुरको जिल्ला कार्य समितिमा दुई कार्यकाल सदस्य का रुपमा काम सकेका छन् । त्यस्तै उनिसँग नेवि संघको जिल्ला उपाध्यक्षको रुपमा काम गरेको अुनभव पनि छ । हाल विपी कोईराला युवा नेतृत्व विकास मञ्चको संयोजकको रुपमा रहेका नेता साउद विभिन्न सामाजिक र संगठनात्मक कार्यमा सक्रिय रहेका छन् ।
शनिबार महेन्द्रनगरमा पत्रकारसँगको भेटघाट कार्यक्रममा नेता साउदले पार्टी नेतृत्वमा पुस्तान्तरण आवश्यकता रहेको बताए । उनले पार्टी नेतृत्वमा युवालाई ल्याउन आफुले केन्द्रीय प्रतिनिधिमा उम्मेद्धवारी दिएको बताए ।
‘पार्टीमा बुजुर्वा प्रथा हावि भयो, नयाँ नेतृत्व आउन सकेन् सधै पुरानै नेताको रुलिङ् चलि रहने देखियो ।’ उनले भने ‘मेरो उम्मेद्धवार बन्ने रहर भन्दा पनि बाध्यता हो, हामी जस्तै युवा प्रतिनिधिले मात्रै नेतृत्व परिर्वतन गर्न सक्छन, त्यसैका लागि मेरो उम्मेद्धवारी पनि हो, सबैतिरबाट युवा प्रतिनिधिले स्थान पाउनु पर्छ ।’


आफुले विपि कोईराले निर्माण गरेको नेपाली कांग्रेस बनाउन खोजेको र त्यसका लागि नयाँ नेतृत्व आवश्यक रहेको उनको भनाई छ । भीनपा वडा नम्बर ४ का पार्टी कमिटि सदस्य समेत रहेका साउद आफु कुनै गुटको नभई विशुद्ध नेपाली कांग्रेस भएको दावि गर्छन् । संगठनमा गैर राजनिति नेतृत्व हावि भएको बताउँदै उनले पद ओगेट्ने भन्दा पनि सक्रिय भएर काम गर्न सके मात्रै पार्टी बलियो बन्ने धारणा राखे ।
नेपाली कांग्रेस लगायत विभिन्न भातृ संगठनका कार्यक्रममा सघाउदैँ आएका नेता साउँदले कोरोना संक्रमण कारण गरिएको लकडाउनमा फसेका विद्यार्थीलाई सम्बन्धित पालिकासँगको समन्वयमा निशुल्क रुपमा घर पठाउने व्यवस्था मिलाएका थिए । उनले अगामी दिनमा पनि युवा कार्यकर्तालाई वैचारिक प्रशिक्षणसहित घर–घरमा नेपाली कांग्रेस पु¥याउन काम गर्ने समेत बताए । साथै मंसिर ६ गते हुने प्रतिनिधिको निर्वाचनको तयारीमा जुटेकाले आवश्यक सहयोगका लागि मतदातालाई आग्रह पनि गरेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्