कञ्चनपुरका युवा लोकेश जंग क्षेत्री निर्देशनमा किन होला ? (भिडियो)

महेन्द्रनगर । कलाकारिता क्षेत्रमा नव प्रवेशी युवा लोकेश जंग क्षेत्री(लोकेश ऐर) ले नयाँ म्युजिक भिडियो दर्शकमाझ ल्याएका छन् । क्षेत्रीले आफ्नै निर्देशनमा पहिलो म्युजिक भिडियो दर्शकमाझ ल्याएका हुन् । ‘किन होला’ गितको बोल रहेको म्युजिक भिडियो ओएसआर युटुयुब च्यानलबाट रिलिज भएको छ ।
दिलु पर्खिनको स्वर रहेको उक्त म्युजिक भिडियोमा समिर खान र प्रश्ना कार्की मुख्य भुमिकामा देखिएका छन् । समिर खान पछिल्लो समयमा चर्चित मोडल पनि हुन् । दजनौँ बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका समिरका सबै गित दर्शकमाझ लोकप्रिय छन् । त्यस्तै केशब पाण्डे र रितेष थापाको छायाँकन गरेको भिडियोमा विकाश विसीको सम्पादन रहेको छ ।
भिडियोमा प्रेम र रोमान्सका दृश्यलाई देखाइएको छ । गितमा प्रेमभावका भावना जागृत गराउने शब्द र दृश्य रहेकाले युवामाझ गित लोकपिर्य हुने निर्देशक क्षेत्रीको विश्वास छ ।
गितमार्फत कलाकारितासँगै निर्देशन नयाँ आयाम ल्याउन सानो प्रयास गरेको उनको भनाई छ । कञ्चनपुरका स्थानीय रहेका क्षेत्री काठमाडौँमा रहेर अध्ययनसँगै कलाकारिता गदैँ आएका छन् । बाल्यकालदेखि गाउन, नृत्यसँगै कलाकारितामा अभिरुचि भएका क्षेत्री आफुलाई रंगमञ्चामा रमाउन मन पर्ने बताउछन् ।


‘किन होला’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्