ENGLISH

अमेरिकासँग ऋण र अनुदान सहयोग नलिने भन्ने कुरै हुँदैनः प्रचण्ड

धनगढी — नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीका सम्बन्धमा हालै अमेरिकी विदेश सहायक मन्त्री नेपाल आएका बखत यसबारेमा खुलेरै छलफल भएको बताएका छन् । बुधबार धनगढी विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले अमेरिकाको सहयोग लिने बताएका हुन् । ‘अमेरिकासँग ऋण र अनुदान सहयोग नलिने भन्ने कुरै हुँदैन,’ उनले भने, ‘छलफल गम्भीर ढंगले चलेको छ, जनतामा उठिरहेका प्रश्नको जवाफ नदिएर ऋण अनुदान नलिने, फिर्ता लैजाउ भन्ने कसैको धारणा छैन ।’
एमसीसीकै बारेमा अध्यक्ष दाहालले गठबन्धनभित्र सुरुमा भएको ओरिजनल सहमति तिर जाने कि भन्ने चर्चा पनि भएको छ । तर जनतामा व्यापक रुपमा चासो उठेको विषयमा दलहरू भित्र मात्र होइन, सञ्चार क्षेत्र, नागरिक समाज सबै प्रमुख दलहरूका बीचमा छलफल चलाएर अघि बढने गठबन्धनमा छलफल भएको उनले बताए । ‘एमसीसीका सम्बन्धमा लुकीछिपि केही हुँदैन,’ उनले भने ।

अध्यक्ष दाहालले गठबन्धन दलको संयन्त्र बनाइएको विषयमा विभिन्न टीकाटिप्पणी भइरहेको भएपनि यो संयन्त्र सरकार भन्दा माथि नभएको र गठबन्धनदलकबीच आपसी समझदारी बलियो बनाउन बनाइएको दाबी गरे । उनले संयन्त्र बनेपछि गठबन्धन सरकारलाई आउने चुनावसमम लैजाने बाटो क्लियर भएको बताए । सरकारबारे भ्रम फैलाने अवस्था अन्त्य भएको उनले बताए । अध्यक्ष दाहालले एमसीसीका सम्बन्धमा हालै अमेरिकी विदेश सहायक मन्त्री नेपाल आएका बखत यसबारेमा खुलेरै छलफल भएको बताए । ‘अमेरिकासँग ऋण र अनुदान सहयोग नलिने भन्ने कुरै हुँदैन,’ उनले भने, ‘छलफल गम्भीर ढंगले चलेको छ, जनतामा उठिरहेका प्रश्नको जवाफ नदिएर ऋण अनुदान नलिने, फिर्ता लैजाउ भन्ने कसैको धारणा छैन ।’
त्यस्तै उनले सर्वोच्च अदालतमा देखिएको समस्याले केही दिनभित्रै समाधान हुने बताएका छन् । उनले सर्वोच्च अदालत जस्ता गरिमामय संस्थामा समस्या देखिनु राम्रो नभएकोले छिटो भन्दा छिटो समाधान हुनु पर्ने बताएका छन् । अध्यक्ष दाहालले सकभर अदालत आफैंले समस्या समाधान गर्नु पर्ने सरकारमा रहेका गठबन्धन दलहरूको सोच रहेको बताउँदै उनले सम्भव नभए गठबन्धनको बैठक बसेर यसबारे के गर्ने भन्ने छलफल गरेर निकासका लागि पहल गरिने बताए । ‘सर्वोच्चको समस्या ठूलो समस्या हुन्छ भन्ने लागेको छैन,’ उनले भने ।
उनले यतिबेला राजनैतिक दलहरू अधिवेशन र सम्मेलनमा व्यस्त नभएको भए सबै दलहरूकाबीच यसबारे व्यापक छलफल हुने थियो, दलहरूको व्यस्तता सकिएपछि व्यापक रुपमा छलफल गरेर अगाडि बढने गठबन्धनमा छलफल भएको छ ।’
अध्यक्ष दाहालले आगामी निर्वाचनका सम्बन्धमा तीनै तहको एकैपटक गर्नै वा पहिले संघीय संसदको निर्वाचन गरेर पछि स्थानीय तहको गर्ने वा स्थानीय निर्वाचनपछि अन्य निर्वाचन गर्ने भन्नेबारे छलफल भइरहेको बताए । कैलालीको भजनी नगरपालिका लगायतका ठाउँमा हुने कार्यक्रमका लागि धनगढी आइपुगेका दाहालले प्रदेश सरकारबारेमा कुनै कुरा नउठेको बताए । ‘अहिले सरकार यताउता गर्ने चर्चा चलेको छैन,’ उनले भने ।

 
मितजी TV
Video thumbnail
Happy Dashain from CDO of Kanchanpur | प्रमुख जिल्ला अधिकारीको शुभकामना सन्देश ।
01:45
Video thumbnail
दशैं तिहार सुरक्षित ढंगले मनाऔं - मन्त्री लाल बहादुर खड्का
01:43
Video thumbnail
एमसीसी पूर्ण रुपमा खारेज गर्न माग गर्दै धनगढीमा प्रर्दशन | Protest against MCC in Dhangadhi
04:54
Video thumbnail
भारतबाट गड्डाचौकी नाका भई नेपाल फर्कनेको संख्या बढ्दो क्रममा
01:46
Video thumbnail
नेपाल शिक्षक संघ कञ्चनपुर र नेपाल प्रहरी बीच भिमदत्त नगरपालिका परिसर भित्र झडप
05:52
Video thumbnail
नेपाल रेडक्रस सोसाइटि, कन्चनपुरका अध्यक्ष मनोज प्रसाद उप्रेती ज्युको सन्देश | RedCross Kanchanpur
02:52
Video thumbnail
कञ्चनपुर अन्तरिक राजस्व कार्यालय प्रमुख पुस्कर न्यौपाने ज्युको सन्देश | IRD Kanchapur
01:50
Video thumbnail
कन्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेय ज्युको सन्देश | CDO of Kanchanpur
01:39
Video thumbnail
महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्ण दत्त जोशी (Boxer) को सन्देश | #MitjeeMedia #COVID19
02:24
Video thumbnail
बन्यजन्तु मैत्री विकास निर्माण गर्न अत्यन्त जरुरी। तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती
05:47

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्